आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
काठमाडौँ । नेपालको प्रविधि क्षेत्रलाई सहयोग पुर्याउने उद्धेश्यले नेपाल राष्ट्र बैकले विदेशी मुद्रासम्बन्धी व्यवस्था परिमार्जन गरको छ । नयाँ नियमले सूचना प्रविधि र सञ्चार क्षेत्रमा काम गर्ने कम्पनीहरुलाई अन्तराष्ट्रिय अनलाइन सेवा सफ्टवेयर खरिद गर्न सहज बनाउने लक्ष्य राखेको छ ।
संशोधित प्रावधानअनुसार यस्ता उद्योगहरुले बैँक तथा वित्तिय संस्थामार्फत वार्षिक अधिकतम ३ हजार अमेरिकी डलरसम्मको प्रिपेड कार्ड प्रयोग गर्न पाउँनेछन् । यसले डिजिटल उपकरण,क्लाउड सेवा तथा अन्य आवश्यक प्राविधिक सेवाहरु खरिद गर्दा देखिने जटिलता कम गर्ने अपेक्षा गरिएको छ ।
त्यस्तैगरी विदेशी बजारमा सेवा निर्यात गरी आम्दानी गर्ने कम्पनीहरुलाई थप साहुलियत दिइएको छ । यस्ता व्यवसायहरुले आफ्नो विदेशी मुद्रा आम्दानीको आधारमा वार्षिक ५ हजार अमेरिकी डलरसम्मको सीमा पाउनेछन भने निर्यातमुखि आइटी उद्योगलाई अझ प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।
सम्बन्धित समाचार
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
