नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
काठमाडौँ । नेपाल टेलिकमले डाटा सकिएपछि स्वतःब्यालेन्स काट्ने व्यवस्था हटाउँदै नयाँ ग्राहक मैत्री प्रणाली ल्याउने भएको छ। अब प्रयोगकर्ताले डाटा सकिनुअघि सूचना पाउनेछन् र सेवा जारी राख्ने वा नयाँ प्याकेज लिने निर्णय आफैँ लिन सक्नेछन् ।
नयाँ व्यवस्थामा “पे–एज–यू–गोज” विकल्प पनि रहनेछ भने यसले डाटा समाप्त भएपछि स्वतःशुल्क लाग्ने कि इन्टरनेट बन्द गर्ने भन्ने छनोट दिन्छ । यो सुधार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि अघि बढाइएको हो ।
कम्पनीले ‘वान टाइम केवाइसी’ लागू गर्दै ग्राहकले एकपटक दिएको विवरण पुनःदिनुनपर्ने व्यवस्था गर्नेछ । त्यस्तै गरी इ–सिम पुनः प्राप्ति,स्वामित्व परिवर्तन र गुनासो व्यवस्थापनजस्ता सेवा अनलाइनमार्फत उपलब्ध गराइनेछ ।
यससँगै एकल बिन्दु सेवा काउन्टर स्थापना र फोरजी सेवा सुधारका लागि नीतिगत परिवर्तन गरिनेछ । यसले सेवा सहजता इन्टरनेट गति र ग्राहक सन्तुष्टिमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
