Jankari Kendra
९ श्रावण २०८३, शनिबार

ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, चैत्र, २९
ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक

काठमाडौँ । विश्वप्रख्यात अमेरिकी घरायसी उपकरण ब्रान्ड ब्ल्याक प्लस डेकरले आफ्नो ११६ वर्ष लामो आविष्कार र उत्कृष्टताको विरासतलाई निरन्तरता दिँदै नेपाली उपभोक्ताहरूका लागि नयाँ वर्ष २०८३ विशेष उपहार योजना घोषणा गरेको छ। नेपालका लागि आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्सले “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” नामक यस अभियानमार्फत ग्राहकहरूको नयाँ वर्षलाई थप उत्साहजनक बनाउने लक्ष्य राखेको बताइएको छ।

सन् १९१० देखि नवप्रवर्तन र दक्षतामा आधारित उपकरणहरू निर्माण गर्दै आएको यस ब्रान्डले आफ्ना प्रिमियम उत्पादनहरूको खरिदमा आकर्षक उपहार र वैदेशिक भ्रमणको अवसर प्रदान गरेको जनाइएकोे छ ।

कम्पनीका अनुसार यस विशेष योजना अन्तर्गत ब्ल्याक प्लस डेकरका उपकरणहरूको खरिदमा ग्राहकहरूले निश्चित उपहारमा विभिन्न घरायसी उपकरणहरूको खरिदमा इलेक्ट्रिक केटल, किचन एप्रोन, एरोमा किट वा डिस्पोजेबल एयर फ्रायर लाइनर्स जस्ता उपयोगी सामग्रीहरू प्राप्त गर्नेछन् भने बम्पर लक्की ड्रमा अभियानको अन्त्यमा भाग्यशाली विजेताहरूले अविस्मरणीय भियतनाम भ्रमण, तथा मेघौली सराहीमा लक्जरी स्टे जित्ने सुवर्ण अवसर प्राप्त गर्ने छन्।

यस योजनामा सहभागी हुन ग्राहकहरूले ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरण खरिद गरी सामानमा उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ छ भने आफ्नो विवरण डिजिटल रूपमा दर्ता गरेपछि ग्राहकहरू स्वतः बम्पर लक्की ड्रको प्रक्रियामा सामेल हुने बताइएको छ।

यो योजना चैत २२ गतेदेखि देशभरका सिजी डिजिटल शोरुमहरू, एलजी शपी, तथा आधिकारिक विक्रेतामार्फत सीमित अवधिका लागि लागू गरिएको र   ग्राहकहरूको सहजताका लागि कम्पनीले नागरिकता मात्र भए पुग्ने “सजिलो इएमआइ” सुविधा समेत उपलब्ध गराएको जनाइएको छ।

“मेक लाइफ इजियर” भन्ने मूलमन्त्रका साथ ब्ल्याक प्लस डेकरले प्रयोगकर्ता–मैत्री डिजाइन, ऊर्जा दक्षता र दीर्घकालीन टिकाउपनामा विशेष जोड दिँदै दिदै आउनुका साथै नेपालमा उपलब्ध सबै उत्पादनहरूमा २४ महिनाको वारेन्टी प्रदान गरिएको बताइएको छ। त्यस्तै गरी सिजी इलेक्ट्रोनिक्सले आफ्नो देशभर रहेका ४० वटा सेवा केन्द्रहरू र मजबुत सर्भिस नेटवर्कमार्फत उत्कृष्ट
बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भीस) सुनिश्चित गर्दै आएको कम्पनीको दाबी छ।

 

युट्युब सट्स