• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ चैत २०८२, शनिबार
२८ चैत २०८२, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ एफजेड एफआइ न्यू जेन सार्वजनिकसँगै भृकुटिमण्डपमा सुरु भयो वैशाख ५ सम्म ‘यामाहा ब्लू फेस्ट’
  • ६ घण्टा 

२०८२ चैत ३० गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउन सकिन्छ
  • ९ घण्टा 

ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक
  • १२ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १६ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १६ घण्टा 

२०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह
  • १ दिन 

डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • २. कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान

  • ३. एआईद्वारा सञ्चालित उत्पादन : चीनको सेरेस फ्याक्ट्रीबाट नेपालले सिक्न सक्ने पाठ

  • ४. शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउन सकिन्छ

  • ५. वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि

  • ६. दुई दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता, शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी

  • ७. नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

  • ८. सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

  • ९. अब घरमै बसेर पेन्सन भेरिफिकेसन,९० करोडसम्म खर्च बचत हुने अनुमान

  • १०. राजस्व र रोजगारीमा नाडाको योगदान,अटोमोवाईल उद्योगको संरक्षण आवश्यक

नयाँ एफजेड एफआइ न्यू जेन सार्वजनिकसँगै भृकुटिमण्डपमा सुरु भयो वैशाख ५ सम्म ‘यामाहा ब्लू फेस्ट’

जानकारी केन्द्र २०८२, चैत्र, २९

काठमाडौं । यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एमएडब्लु ग्रुपमार्फत यामाहा ब्लु फेस्ट सफलतापूर्वक आयोजना गरेको छ। यस कार्यक्रममा ग्राहक, डिलर तथा मोटरसाइकलप्रेमीहरूलाई एकै ठाउँमा ल्याउँदै आकर्षक ब्रान्ड अनुभव प्रदान गरिएको बताइएको। कार्यक्रमलाई साधारण बिक्री गतिविधिभन्दा माथि उठाएर अन्तरक्रिया, इनोभेसन र उत्साहमार्फत यामाहा र राइडरबीच अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने गरि डिजाइन गरिएको थियो।

ब्लु फेस्टको औपचारिक सुरूवातको रूपमा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा ब्रान्ड एम्बेसडर अनुप बिक्रम शाहीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रमको मुख्य आकर्षण “लिड द नेक्स्ट” थीम अन्तर्गत यामाहा एफजेडएस एफआई न्यू जेनको आधिकारिक सार्वजनिकरण रहनुका अध्यक्ष विष्णु कुमार अग्रवालले उक्त मोडल सार्वजनिक गर्दै नेपालमा लोकप्रिय एफजेड सिरिजको नयाँ अध्यायको सुरुवात गरे। लाइभ प्रस्तुति र अन्तरक्रियात्मक गतिविधिहरूले कार्यक्रममा उत्साहपूर्ण वातावरण सिर्जना गर्नुका साथै सहभागीहरूमा तीव्र जिज्ञासा र जोश देखिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले भने “हामी ग्राहकलाई उन्नत प्रविधि र उच्च मूल्य प्रदान गर्न केन्द्रित छौं। यामाहा मोटरसाइकलहरू प्रदर्शन, स्टाइल र उत्साह प्रदान गर्ने गरी बनाइएका हुन्छन्। यसमध्ये एफजेड सिरिज नेपाली राइडरहरूको सबैभन्दा विश्वासिलो रोजाई बन्दै आएको छ।”

एफजेड सिरिज लामो समयदेखि कम्युटर सेग्मेन्टमा ल‍ोकप्रिय रहँदै आएको छ र न्यु जेनले थप सुधारिएका फिचर र नयाँ डिजाइनसहित सो यात्रालाई निरन्तरता दिनुका साथै नयाँ यामाहा एफजेडएस एफआइ न्यु जेन हरेक दिनको प्रयोगमा आत्मविश्वास,स्टाइल र स्मार्ट प्रविधि खोज्ने नयाँ पुस्ताका राइडरलाई लक्षित गरी तयार गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले बाइकका ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल एफजेड एबीएस र वाइ–कनेक्ट जस्ता विशेषताहरूबारे जानकारी दिँदै भने, “एफजेड एफआइ न्यु जेन स्टाइल, प्रविधि र प्रदर्शनको संयोजन खोज्ने आजका राइडरका लागि तयार गरिएको हो। यस मोडलमार्फत हामीले अझ स्मार्ट, सुरक्षित र रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौं।”

कार्यक्रममा सेल्स हेड शैलेन्द्र अधिकारीले ब्लु फेस्ट अन्तर्गत उपलब्ध अफर, मूल्य संरचना र नयाँ मोडलका प्रमुख विशेषताबारे विस्तृत जानकारी दिँदै यामाहाको ग्राहक केन्द्रित दृष्टिकोण र मूल्यमा आधारित बजार रणनीतिबारे जानकारी दिए।

कम्पनीका अनुसार, ब्लु फेस्टको अर्को प्रमुख आकर्षण एक्सचेन्ज कार्निभल थियो, जहाँ ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल सजिलै साट्न सक्ने सुविधा पाएका थिए। ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागिताले बजार अनुसारको उचित मूल्याङ्कन सुनिश्चित गर्दै पारदर्शी र प्रतिस्पर्धी एक्सचेन्ज सुविधा प्रदान गरेको थियो। त्यस्तै गरी ग्राहकहरूले नागरकिता मार्फत तुरुन्तै फाइनान्सिङ सुविधा, अधिकतम ४० महिनासम्मको लचिलो इएमआई विकल्प तथा ब्लु फेस्ट योजना अन्तर्गत अधिकतम रु.५ लाखसम्मको क्यासब्याक सुविधा पनि प्राप्त गरेका थिए।

यामाहा ब्लु फेस्ट मार्फत कम्पनीले ग्राहकलाई पूर्ण ब्रान्ड अनुभव प्रदान गर्नुका साथै इनोभेसन र राइडर सन्तुष्टिप्रति आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको बताएको छ। एफजेड न्यु जेनको सार्वजनिकरणले बदलिँदो राइडर आवश्यकतासँग अघि बढ्दै प्रिमियम कम्युटर सेग्मेन्टमा अग्रणी स्थान कायम राख्ने यामाहाको दृष्टिकोणलाई अझ स्पष्ट बनाएको कम्पनीले जनाएको छ।

  • YAMAHA
  • Yamaha FZ FI New Gen
  • यामाहा
  • यामाहा एफजेड एफआइ न्यू जेन
  • यामाहा ब्लू फेस्ट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
यस्तो छ आजको मौसम पुर्वानुमान

ताजा

नयाँ एफजेड एफआइ न्यू जेन सार्वजनिकसँगै भृकुटिमण्डपमा सुरु भयो वैशाख ५ सम्म ‘यामाहा ब्लू फेस्ट’

२०८२ चैत ३० गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउन सकिन्छ

ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.