विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई छात्रवृत्ति वितरण पारदर्शी बनाउन निर्देशन दिएको छ । नियमअनुसार छात्रवृति नदिने विद्यालयमाथि कारबाही गर्न स्थानीय तहलाई सक्रिय हुन भनिएको छ ।
मन्त्रालयले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई विद्यालयहरुको अनुगमन गर्न आग्रह गरेको हो । छात्रवृत्ति विवरण अद्यावधिक भए नभएको पनि जाँच गर्न भनिएको छ ।
कानुनी व्यवस्थाअनुसार निजी तथा संस्थागत विद्यालयहरुले कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउनुपर्ने प्रावधान छ । यसमा गरिब,अपांगता भएका,महिला,दलित र जनजाति विद्यार्थीलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ ।
त्यस्तै गरी शिक्षा ऐनले पनि निजी विद्यालयलाई निश्चित संख्यामा विद्यार्थीका लागि निशुल्क अध्ययनको व्यवस्था गर्न बाध्य बनाएको छ ।
मन्त्रालयले छात्रवृति पाउने विद्यार्थीको विवरण आईएमआईएसमा अद्यावधिक गर्न र अभिभावकले देख्ने गरी सार्वजनिक गर्न निर्देशन दिएको छ । नियम पालना नगर्ने विद्यालयलाई आवश्यक कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
