अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने
काठमाडौँ । सरकारले जन्म,विवाह र सम्बन्धविच्छेद दर्ता जस्ता पञ्जीकरण सम्बन्धी प्रमाणहरु अब नागरिक एपमार्फत उपलब्ध गराउने तयारी गरेको छ । यी सेवाहरुलाई एकीकृत डिजिटल प्रणलीमा समेट्ने काम सुरु भइसकेको छ ।
सूचना प्रविधि विभागका अनुसार केही समयमै नागरिकले यस्ता प्रमाणपत्र अनलानबाटै प्राप्त गर्न सक्नेछन् । यसले कार्यालय धाउनुपर्ने झन्झट घटाउने अपेक्षा गरिरहेको छ ।
यससँगै लोक सेवा प्रवेशपत्र,निजामती विवरण र एनओसीजस्ता सेवाहरु पनि नागरिक एपमा समावेश गर्ने काम अन्तिम चरणमा पुगेको छ । अन्य निकायसँग समन्वय गरेर थप सेवाहरु जोडिदैँ छन् । सरकारले निर्धारित समयभन्दा छिटो काम सक्न निर्देशन दिएको छ र प्रणाली विकासलाई तीव्र बनाइएको छ । यसले डिजिटल सुशासनलाई थप मजबुत बनाउने लक्ष्य राखेको छ ।
यो पहलले सेवा प्रवाहलाई सहज,छिटो र पारदर्शी बनाउने विश्वास गरिएको छ । त्यस्तै गरी नागरिक एपलाई ”वन स्टप डिजिटल सेवा प्लेटफर्म ‘बनाउने सरकारको योजना छ ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


