• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ जेठ २०८३, सोमबार
२५ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • १ दिन 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • २ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • २ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • ३ दिन 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • ३ दिन 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ३ दिन 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • ३ दिन 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

  • २. ओमोडा ई५ प्रो नेपाली बजारमा सार्वजनिक, कतिपर्छ मूल्य ?

  • ३. २०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडा प्रतिनिधीको भेटवार्ता : अटोमोटिभ क्षेत्रको नीतिगत संवाद

  • ५. नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट

  • ६. २०८३ जेठ २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. अतिरिक्त तरलता तान्न राष्ट्र बैंकले ३० अर्ब संकलन गर्दै

  • ८. नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

  • ९. सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • १०. विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्म स्थगित

टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक

जानकारी केन्द्र २०८३, बैशाख, ४

काठमाडौं । टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने आफ्नो निरन्तरको प्रतिबद्धता अनुरुप Q4 २०२५ को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ।

२०२५ अक्टोबरदेखि डिसेम्बरसम्मको तथ्यांक समेटिएको यस प्रतिवेदनमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन टिकटकले अपनाएका सक्रिय कदमहरूको विवरण प्रस्तुत गरिएको छ, जसले विश्वभरका प्रयोगकर्तालाई सकारात्मक अनुभव सुनिश्चित गर्न सहयोग पुर्याएको छ।

Q4 २०२५ अवधिमा नेपालमा मात्रै टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घनका कारण कुल १९ लाख ३२ हजार ५७५ भिडियो हटाएको बताइएको छ। अक्टोबरदेखि डिसेम्बरसम्म सक्रिय रूपमा कन्टेन्ट हटाउने दर ९९.९ प्रतिशत कायम रह्यो, जसमा ९८.४ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको थियो।

विश्वव्यापी रूपमा, यस अवधिमा टिकटकले कुल १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५ प्रतिशत हो। हटाइएका भिडियोमध्ये १५ करोड २५ लाख ८० हजार ९३३ भिडियो अटोमेटेड डिटेक्सन प्रविधिमार्फत पत्ता लगाई हटाइएको थियो भने ८३ लाख ६० हजार ७८० भिडियो रिभ्युपछि पुनर्स्थापना गरिएको थियो।

सक्रिय हटाउने दर ९९.१ प्रतिशत रहेकोमा ९३.४ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्ट पोस्ट भएको २४ घण्टाभित्र हटाइएको थियो। प्लेटफर्मको विश्वसनीयता कायम राख्न, यस अवधिमा टिकटकले १४ करोड ७७ लाख १६ हजार ५१८ नक्कली एकाउन्टहरू हटाएको जनाएको छ। साथै, १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंका गरिएका थप २ करोड ३८ लाख ७५ हजार ८७९ खाताहरू पनि हटाइएको थियो।

यस त्रैमासिक अवधिमा, एकपटक पनि नहेरिएको अवस्थामा हटाइने भिडियोको संख्यामा कमी आएको देखिएको छ, जसले एआई-आधारित मोडरेशन प्रणालीमा भएको सुधारलाई संकेत गर्दछ। यसले नियम उल्लङ्घन गर्ने पुराना कन्टेन्ट पनि पहिचान गरी हटाउन सक्षम भएको बताइएको छ।

यसैगरी कमेन्ट हटाउने दरमा पनि उल्लेखनीय कमी आएको छ, किनकि टिकटकले अब केही अनुपयुक्त वा आपत्तिजनक कमेन्टहरूलाई सिधै हटाउनेभन्दा तिनीहरूको पहुँच घटाउने रणनीति अपनाएको जनाएको छ। यसैबीच, नक्कली लाइक र नक्कली फलोअर्स हटाउने कार्यमा वृद्धि भएको छ, जसले प्लेटफर्मको वास्तविकता र विश्वसनीयता कायम राख्ने प्रयासलाई बलियो बनाएको प्रतिवेदनले जनाएको छ।

प्रतिवेदन अनुसार, हटाइएका भिडियोमध्ये २१.२ प्रतिशतमा संवेदनशील वा वयस्क विषयवस्तु समावेश थिए, जुन टिकटकका कन्टेन्ट नीतिसँग मेल खाँदैनन्। थप ९.१ प्रतिशत भिडियोले सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लङ्घन गरेका थिए भने १.२ प्रतिशत भिडियोले गोपनीयता र सुरक्षा निर्देशिका उल्लङ्घन गरेका थिए। यसबाहेक, १.६ प्रतिशत भिडियो भ्रामक सूचनासँग सम्बन्धित थिए र १.८ प्रतिशत भिडियो सम्पादन गरिएको वा एआई-निर्मित सामग्री का रूपमा फ्ल्याग गरिएको थियो।

कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदनको नियमित प्रकाशनले कन्टेन्ट तथा खाता सम्बन्धी कारबाहीको परिमाण र प्रकृतिबारे स्पष्ट जानकारी प्रदान गर्दछ, जसले टिकटकको पारदर्शिताप्रतिको प्रतिबद्धता देखाउँछ।Q4 २०२५ प्रतिवेदनबारे थप जानकारी लिन तथा टिकटकका कन्टेन्ट पोलिसी, टुल्स र गाइडलाइन्सबारे बुझ्न टिकटकको अंग्रेजीमा उपलब्ध ट्रान्सपेरेन्सी सेन्टर भ्रमण गर्न सकिने बताइएको छ।

टिकटक छोटो अवधिको मोबाइल भिडियोका लागि अग्रणी प्लेटफर्म रहनुका साथै यसको उद्देश्य सिर्जनशीलतालाई प्रेरित गर्नु र प्रयोगकर्तालाई मनोरञ्जन प्रदान गर्नु रहेको जनाइएको छ। टिकटकको विश्वव्यापी मुख्यालय लस एन्जलस र सिङ्गापुरमा रहेको छ भने यसका कार्यालयहरू न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियोमा रहेका छन्।

  • TikTok
  • टिकटक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

ताजा

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.