सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागु गर्न सरकारको निर्देशन
काठमाडौँ । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यातायात व्यवसायीलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।
विभागका अनुसार २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबिच भएको निर्णय बमोजिम विद्यार्थीहरूले सवारी भाडामा ४५ प्रतिशत सहुलियत पाउने व्यवस्था छ। तर, पछिल्लो समय सार्वजनिक सवारी साधनहरूले विद्यार्थीलाई सो बमोजिमको छुट नदिएको भन्दै ‘हेलो सरकार’ र विभागको गुनासो पेटिकामा व्यापक उजुरीहरू प्राप्त भएपछि विभागले पुनः ताकेता गरेको हो।
विभागका निर्देशक गणेशमान सिं राईद्वारा जारी पत्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायातलाई सम्बोधन गर्दै विद्यार्थी सहुलियत सुविधा प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुरोध गरिएको छ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

