प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली हुँदा हवाई उडान प्रभावित भएका छन्। विशेषगरी काठमाडौं उपत्यकामा बिहानैदेखि आकाश धुम्मिएको र मौसम अँध्यारो देखिएको छ।
प्रतिकूल मौसमका कारण अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा समेत असर परेको छ। टर्किस एयरलाइन्सको इस्तानबुलबाट आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकी दिल्लीतर्फ डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
यस्तै, केही आन्तरिक उडानहरू पनि ढिला (डिले) भएका छन्। मौसममा सुधार नआएसम्म उडान तालिका प्रभावित हुने सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणदेखि मध्यम बदली रहेको छ। यस्तै, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ। सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

