लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए
काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ पछिल्लो समय उल्लेखनीय तीव्रता आएको छ । सुरक्षण मुद्रण केन्द्रले गत एक महिनाको अवधिमा मात्रै करिब ११ लाख लाइसेन्स छापेको जनाएको छ भने जुन यसअघिको पाँच महिनामा छापिएका लाइसेन्सको तुलनामा अत्यन्त उच्च प्रगति हो । यसअघि सोही केन्द्रले पाँच महिनामा जम्मा १ लाख लाइसेन्स मात्र छाप्न सकेको थियो ।
यातायात व्यवस्था विभागसँग भएको सम्झौताअनुसार ६ महिना भित्र १२ लाख लाइसेन्स छाप्ने लक्ष्य राखिएको थियो । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार सम्भझौता अनुरुप आवश्यक सबै लाइसेन्स छपाइ समपन्न भइसकेको छ र अहिले छापिएका लाइसेन्सलाई प्याकिंग गर्ने काम जारी छ । त्यस्तैगरी छापिएका लाइसेन्ससम्बन्धी विवरण छिट्टै वेवसाइटमा सार्वजनिक गरिने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।
सरकारले ट्रायाल पास गरी राजस्व बुझाएको २४ घण्टाभित्र लाइसेन्स छाप्ने नीति सारेपछि छपाइ प्रक्रिया थप तिव्र बनाइएको छ । यसै क्रममा बाँकी रहेका लाइसेन्सहरु पनि असार मसान्तभित्रै छापिसक्ने लक्ष्य राखिएको छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


