यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
जानकारी केन्द्र
२०८३, बैशाख, १६
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पु:न वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार मन्त्रीस्तरको निर्णयबाट सार्वजनिक यातायातमा पाचँ प्रतिशत भाडा बढाइएको हो ।
यात्रुवाहक तथा ढवानी दुवै प्रकारका सवारीसाधनमा पाचँ प्रतिशतले भाडा वृद्धि गरिएको बताइएको छ । यसअघि भाडा समायोजन गर्दा डिजेलको औसत बजार मुल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेको थियो भने हाल ५५ रुपैयाँले बढेर २३५ रुपैयाँ ८३ पैसा पुगेको छ ।
यो अघिल्लो मुल्यको तुलनाममा ३०.४१ प्रतिशत वृद्धि हो । इन्धनको यही मुल्यवृद्धिलाई आधार मानी भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागु गरिएको विभागले जनाएको छ । यसअघि गत चैत २५ गते पनि केन्द्र सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
