काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। बुधबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार आज चाँदीको मुल्य १ सय ५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार प्रतितोला ४ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५० हजार ९ सय ४५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय २४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


