ट्राफिक प्रहरी कारबाहीबाट २४ घण्टामा १९ लाख राजस्व संकलन
जानकारी केन्द्र
२०८३, बैशाख, १८
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२ राजस्व संकलन भएको बताइएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २२५, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५३ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १९४, निषेधित क्षेत्रमा हर्न बजाउने ५८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०९, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ४१ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२१ जनालाई कारबाही गरिएको जनाइएको छ ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

