रास्वपाको आज सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा
जानकारी केन्द्र
२०८३, बैशाख, २०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’मा दिउँसो साढे १२ बजे बस्ने बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा, पार्टीले आगामी राजनीतिक र सांगठानिक रणनीतिका विषयमा छलफल हुँदैछ।
आगामी स्थानीय निर्वाचनका लागि योग्य र सक्षम उम्मेदवार कसरी चयन गर्ने भन्ने विषयमा रास्वपाले नयाँ विधि र मापदण्ड तयार गर्ने र पार्टीको आगामी महाधिवेशनलाई व्यवस्थित बनाउनका लागि महाधिवेशन कार्यविधि २०८३ का सम्बन्धमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।
बैठकले संसदीय दलको विधान संशोधनका विषयलाई पनि प्राथमिकतामा राखेको छ। पार्टीको संसदीय भूमिकालाई अझ प्रभावकारी बनाउन विधानमा गर्नुपर्ने परिमार्जन र अन्य विविध समसामयिक राजनीतिक विषयहरूमा सचिवालय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।
सम्बन्धित समाचार
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ठूलो सफलता
टेकु कार्यालयबाट पनि खाना पकाउने ग्यासको बिक्री वितरण सुरु
ट्रेन्डिङ
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
सुन-चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि ‘प्रि–ओन्ड ईभी’ कर्जा सुरु
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल

