काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आव चाँदीको मूल्यमा भने वृद्धि भएको छ। आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ रहेको थियो।


