नबिल बैंकको ‘स्मार्ट नारी घर कर्जा’ योजना : महिलालाई घर स्वामित्वमा सशक्त बनाउँदै
काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको आवश्यकता र सहजतालाई प्राथमिकता दिँदै विभिन्न आकर्षक सेवा तथा सुविधा उपलब्ध गराउँदै आएको छ। व्यावसायिक कर्जा, घर कर्जा तथा विभिन्न उमेर समूहलाई लक्षित बचत खाताजस्ता सेवामार्फत बैंकले आफूलाई ग्राहकहरूको भरपर्दो रोजाइका रूपमा स्थापित गर्न सफल भएको बताइएको छ।
यसै क्रममा बैंकले महिलाहरूलाई लक्षित गर्दै ‘स्मार्ट नारी घर कर्जा’ योजना प्रदान गर्दै आएको छ, जसले महिलाको घरजग्गा स्वामित्व विस्तार गर्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउन मद्दत पुर्याएको छ। यस योजनामा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको बैंकले जनाएको छ।
यो योजना विशेषगरी महिलाहरूलाई आफ्नै नाममा घर खरिद, निर्माण वा मर्मत गर्न प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको बताइएको छ । यदि कुनै महिलाले आफ्नो घर बनाउने सपना देखिरहनुभएको छ तर बजेट व्यवस्थापनको चिन्ता छ भने यो योजना उपयोगी विकल्प बन्न सक्छ। बैंकका अनुसार यसले महिला स्वामित्व वृद्धि गर्नुका साथै दीर्घकालीन आर्थिक सुरक्षामा समेत योगदान पुर्याइरहेको छ।
यस योजनाअन्तर्गत महिलाहरूले न्यूनतम ७ लाख रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। त्यस्तैगरी ग्राहकले आफ्नो आम्दानी र क्षमता अनुसार लचिलो किस्ता प्रणालीमा भुक्तानी गर्न सक्ने सुविधा दिइएको छ।
‘स्मार्ट नारी घर कर्जा’ योजनाको प्रमुख विशेषतामा कुनै पनि प्रकारको पूर्वभुक्तानी शुल्क नलाग्ने व्यवस्था रहेको छ, जसले कर्जा समयभन्दा अघि नै चुक्ता गर्न चाहने ग्राहकलाई सहज बनाउँछ। त्यस्तै, यस योजनाअन्तर्गत कर्जा लिने महिलाले जीवनभर निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्नेछन्, जसबाट २ लाख रुपैयाँसम्मको सुविधा उपयोग गर्न सकिनेछ।
यो कर्जा सेवा नबिल बैंकका देशभर रहेका शाखामार्फत उपलब्ध रहेको जनाइएको छ। इच्छुक महिलाहरूले थप जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्न सक्नेछन् । ‘स्मार्ट नारी घर कर्जा’ योजना बैंकिङ क्षेत्रमा महिलाको आर्थिक सशक्तीकरण र घरजग्गा स्वामित्व विस्तारतर्फ गरिएको एक महत्वपूर्ण पहलका रूपमा हेरिएको बताइएको छ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

