नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, यातायात अवरुद्ध
जानकारी केन्द्र
२०८३, बैशाख, २५
भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा सुख्खा पहिरो खसेपछि आज बिहानैदेखि सडक अबरुद्ध भएको छ ।
मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोका कारण सडक पूर्ण रुपमा बन्द भएको हो ।
सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम सुरु गरिएको बताइएको छ । पहिरो पन्छाउन प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
यात्रु तथा सवारी चालकलाई आवश्यक सर्तकता अपनाउन र वैकल्पिक मार्गबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
