• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० बैशाख २०८३, बुधबार
३० बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा
  • ६ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ६ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि : परीक्षा तालिका सार्वजनिक
  • ६ घण्टा 

२०८३ वैशाख ३१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो
  • १ दिन 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
  • २ दिन 

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

  • २. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ३. बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना

  • ४. आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु

  • ५. देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ७. विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा

  • ८. वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

  • ९. काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो

  • १०. आजदेखि सुदन किराती श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा

जानकारी केन्द्र २०८३, बैशाख, ३१

काठमाडौं । नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको फुल–फ्लेज्ड अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ । काठमाडौंको ठमेलस्थित होटल लो मुस्ताङमा आयोजित विशेष समारोहबीच उक्त प्लेटफर्म सार्वजनिक गरिएको हो । यात्रा म्यागजिनद्वारा युवा पर्यटन उद्यमीहरूका लागि आयोजना गरिएको विशेष कार्यक्रम “विङ्स अन्डर फोर्टी” अन्तर्गत मे ८ मा प्लेटफर्मको औपचारिक उद्घाटन गरिएको थियो ।

कार्यक्रममा पर्यटन, ट्राभल, हस्पिटालिटी तथा युवा उद्यमशीलतासँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । भेन्चर्स होलिडेज प्रा.लि. तथा यसद्वारा प्रवर्द्धित ग्लोबल भिसा सेवा डटकमका प्रमुख कार्यकारी अधिकृत सुजन पन्तका अनुसार नेपाली यात्रुहरूले भोग्दै आएका जटिल तथा समय लाग्ने भिसा प्रक्रियालाई सहज, सुरक्षित र डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यले ‘ग्लोबल भिसा सेवा डटकम’ विकास गरिएको हो ।

कार्यक्रममा बोल्दै उनले भने, “अब सबै नेपाली यात्रुहरूले एउटै सुरक्षित प्लेटफर्ममार्फत विश्वका १८० भन्दा बढी देशहरूको भिसासम्बन्धी जानकारी प्राप्त गर्न, विभिन्न देशका लागि आवेदन दिन तथा आवेदन प्रक्रियाको प्रत्येक चरणको रियल–टाइम अपडेट प्राप्त गर्न सक्नेछन् ।”

उनका अनुसार यस प्लेटफर्ममार्फत एउटै लगइन प्रयोग गरेर विभिन्न देशहरूको भिसा आवेदन प्रक्रिया पूरा गर्न सकिने सुविधा उपलब्ध गराइएको छ । यसले विशेषगरी विदेश भ्रमण, अध्ययन, व्यवसायिक यात्रा तथा पर्यटनका लागि आवेदन दिने नेपालीहरूलाई सहजता प्रदान गर्ने विश्वास गरिएको बताइएको छ।

कम्पनीका अनुसार प्रयोगकर्ताले नेपाली रुपैयाँमै सहज रूपमा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । ईसेवा, कनेक्टआईपीएस,  साथै स्वदेशी तथा अन्तर्राष्ट्रिय डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्न सकिने प्रणाली विकास गरिएको कम्पनीले जनाएको छ । यसका कारण धेरै देशका भिसा आवेदनका लागि नेपाली आवेदकलाई डलर कार्ड अनिवार्य हुने बाध्यता समेत हट्ने विश्वास गरिएको छ ।

प्लेटफर्मले परम्परागत भिसा आवेदन प्रक्रियामा देखिने झन्झट, लामो लाइन, अपूर्ण जानकारी तथा जटिल भुक्तानी प्रणालीलाई हटाउँदै सम्पूर्ण सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ । यसमा डकुमेन्ट भेरिफिकेसन, प्रि–चेकिङ, अपोइन्टमेन्ट बुकिङ, आवेदन ट्र्याकिङ तथा विशेषज्ञ परामर्श सेवा समेत समावेश गरिएको छ ।

कम्पनीले सार्वजनिक गरेको जानकारीअनुसार अनुभवी भिसा विशेषज्ञहरूको टोलीले आवेदन प्रक्रिया, डकुमेन्ट तयारी तथा आवश्यक समन्वयमा सहयोग गर्नेछ । यसले आवेदन अस्वीकृत हुने सम्भावना कम गर्नुका साथै यात्रुहरूलाई थप विश्वसनीय सेवा प्रदान गर्ने विश्वास गरिएको छ ।

कार्यक्रममा उपस्थित अधिकारीहरूले नेपालमा डिजिटल ट्राभल सेवाको बढ्दो विस्तारसँगै यस्तो प्लेटफर्मले नेपाली यात्रुहरूलाई अन्तर्राष्ट्रिय भिसा सेवामा सहज पहुँच दिलाउने बताएका थिए । उनीहरूले प्रविधिमैत्री सेवा विस्तारले नेपालको ट्राभल तथा पर्यटन क्षेत्रलाई नयाँ चरणमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

कम्पनीले जारी गरेको वक्तव्यमा “भिसा प्रोसेसिङको भविष्य अब डिजिटल, स्मार्ट र अझ बढी कनेक्टेड भइसकेको छ” उल्लेख गरिएको छ । कम्पनीले आफूलाई “नेपालको पहिलो तथा विश्वसनीय ग्लोबल भिसा एप्लिकेसन प्लेटफर्म” का रूपमा प्रस्तुत गरेको छ ।

यो भिसा एप्लिकेसन प्लेटफर्मबाट नेपाली ट्राभल एजेन्सीहरू समेत लाभान्वित हुने कम्पनीको विश्वास छ । यससँगै ट्राभल एजेन्सीहरूले छुट्टै भिसा डेस्क सञ्चालन गर्नुपर्ने, विशेषज्ञ अभावका कारण सेवाको गुणस्तरमा आउने कमी तथा भिसा अस्वीकृत हुने समस्यामा समेत कमी आउने अपेक्षा गरिएको छ ।

  • ग्लोबल भिसा सेवा डटकम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि : परीक्षा तालिका सार्वजनिक

ताजा

अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि : परीक्षा तालिका सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.