सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक
काठमाडौं । माइडियाले नेपाली बजारमा आफ्नो नयाँ १९८ लिटर हार्ड टप सिंगल डोर चेस्ट फ्रिजर (मोडेल : एमडिआरसी३६२एफेजेडजी४३डी) सार्वजनिक गरेको छ। माइडियाले आधुनिक परिवार तथा व्यवसायिक प्रयोगलाई लक्षित गर्दै ल्याएको यो नयाँ चेस्ट फ्रिजरले शक्तिशाली फ्रिजिङ, ऊर्जा बचत र स्मार्ट सुविधाको उत्कृष्ट संयोजन प्रदान गर्ने जनाएको छ।
कम्पनीका अनुसार, माइडियाको यस मोडलमा रहेको डीप फ्रिजिङ टेक्नोलोजी ले तापक्रमलाई -३० डिग्री सेल्सियससम्म पुर्याउन सक्षम बनाउँछ, जसले खाद्य सामग्रीको स्वाद, ताजापन र पोषण सुरक्षित राख्न मद्दत गर्नुका साथै माइडियाको फास्ट फ्रिजिङ टेक्नोलोजी ले खानेकुरालाई छिटो फ्रिज गरी लामो समयसम्म ताजा राख्ने सुविधा प्रदान गर्दछ।
माइडिया चेस्ट फ्रिजरमा समावेश गरिएको इनभर्टर क्वाट्रो टेक्नोलोजी ले कम बिजुली खपत, तीव्र कुलिङ र शान्त सञ्चालन सुनिश्चित गर्ने बताइएको छ। केवल ३७ डेसिबल ध्वनि स्तर भएकाले माइडियाको यो फ्रिजर घर तथा व्यवसायिक दुवै प्रयोगका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ।
त्यसैगरी, माइडियाको फोर साइड कुलिङ टेक्नोलोजी र डीं कुलिङ सिस्टमले सम्पूर्ण भित्री भागमा समान रूपमा चिसोपन फैलाएर स्थिर तापक्रम कायम राख्छ भने यसमा रहेको कनभर्टिबल सुविधा मार्फत आवश्यकता अनुसार फ्रिजर वा फ्रिज मोडमा सजिलै परिवर्तन गर्न सकिने बताइएको छ।
नेपालमा हुने विद्युत् उतारचढावलाई ध्यानमा राख्दै माइडियाले यस फ्रिजरमा वाइड भोल्टेज सपोर्ट र आउटेज मेमोरी सुविधा पनि समावेश गर्नुका साथै बिजुली अवरोध हुँदा पनि लामो समयसम्म चिसोपन कायम राख्न सक्ने क्षमता माइडियाको यस उत्पादनमा रहेको कम्पनीले जनाएको छ।
आकर्षक घुमाउरो डिजाइन, मल्टि-एङ्गल होभर डोर र ठूलो भण्डारण क्षमतासहित आएको माइडियाको यो १९८ लिटर चेस्ट फ्रिजर आधुनिक भान्सा तथा व्यवसायिक प्रयोगका लागि भरपर्दो विकल्प बन्ने अपेक्षा गरिएको कम्पनीले बताएको छ।
सिजी इलेक्ट्रोनिक्स मार्फत नेपाली बजारमा उपलब्ध माइडियाका वासिङ मेसिन, रेफ्रिजेरेटर, माइक्रोवेभ, एयर फ्रायर, भान्सासम्बन्धी उपकरण, पंखा, हिटर लगायत विभिन्न घरेलु विद्युतीय सामग्री उपभोक्तामाझ लोकप्रिय बन्दै गइरहेका छन्। आधुनिक प्रविधि, ऊर्जा बचत, शक्तिशाली कार्यक्षमता र टिकाउ गुणस्तरका कारण माइडिया उत्पादनहरू नेपाली बजारमा भरपर्दो तथा विश्वासिलो ब्रान्डका रूपमा चिनिँदै आएका छन्।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

