अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन सबै सरकारी निकायलाई अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ।
कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सरकारी कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश सरकारहरूलाई परिपत्र जारी गर्दै हाल प्रयोगमा रहेका सामग्रीलाई नै मर्मत गरी प्रयोग गर्न आग्रह गरेको हो।
परिपत्रमा कार्यालय प्रमुखहरूलाई अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगरी कार्यालयमा रहेका सामान, औजार, उपकरण, फर्निचर तथा सवारी साधनलाई चालु अवस्थामा राखेर उपयोग गर्न निर्देशन दिइएको छ। साथै सार्वजनिक खर्चलाई मितव्ययी बनाउन विशेष ध्यान दिन भनिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार प्रयोगमा रहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटपलगायत सामग्री प्रयोग नगरी नयाँ खरिद गर्ने तथा मर्मतका नाममा अस्वाभाविक खर्च गर्ने प्रवृत्तिबारे गुनासो आएको थियो। यस्ता कार्यले राज्यकोषमा अनावश्यक भार सिर्जना गरिरहेको कार्यालयको भनाइ छ।
प्रधानमन्त्री कार्यालयको सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी पृष्ठपोषण शाखाका शाखा अधिकृत सूर्यबहादुर बस्नेतले सार्वजनिक खर्चलाई व्यवस्थित र मितव्ययी बनाउन उक्त परिपत्र जारी गरिएको जानकारी दिएका छन्।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
