• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ जेठ २०८३, शुक्रबार
०१ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

टीसीएल ‘ब्रिजइन’ एसी नेपाली बजारमा : शितलताको नयाँ अनुभव
  • ६ घण्टा 

ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक
  • ७ घण्टा 

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ
  • ८ घण्टा 

२०८३ साल जेठ महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल
  • ८ घण्टा 

आइसिसी क्रिकेट विश्वकप लिग २ : नेपाल र अमेरिका भिड्दै
  • ९ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ९ घण्टा 

२०८३ जेठ ०२ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २३ घण्टा 

कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा
  • २३ घण्टा 

जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ

  • २. जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ

  • ३. देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

  • ४. २०८३ वैशाख ३१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण

  • ६. डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित

  • ७. चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

  • ८. एसईई नतिजामा सुधार, कुन प्रदेशबाट कति विद्यार्थी उत्तीर्ण ?

  • ९. कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा

  • १०. २०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

टीसीएल ‘ब्रिजइन’ एसी नेपाली बजारमा : शितलताको नयाँ अनुभव

जानकारी केन्द्र २०८३, जेष्ठ, २

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले नेपालमा टीसीएलको नयाँ तथा अत्याधुनिक टीसीएल ब्रिजइन सिरिज एयर कन्डिसनर (एसी) सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, ऊर्जा दक्षता र प्रयोगकर्तामैत्री सुविधालाई प्राथमिकता दिँदै ल्याइएको यस सिरिजले नेपाली उपभोक्तालाई सहज, स्मार्ट तथा प्रिमियम कुलिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

ब्रिजइन सिरिजको प्रमुख विशेषता यसको जेन्टल ब्रिज प्रविधि हो। एसीभित्र रहेका १,४२२ माइक्रो-होलहरू मार्फत चिसो हावा सिधै शरीरमा नलागी कोठाभर नरम र प्राकृतिक ढंगले फैलिने भएकाले प्रयोगकर्ताले थप सहज र आरामदायी शितलताको अनुभव प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ।

यस सिरिजले उच्च कार्यसम्पादनलाई समेत प्राथमिकता दिएको छ। कम्पनीका अनुसार एसीले ३० सेकेन्डमै १८ डिग्री सेल्सियससम्म कुलिङ प्रदान गर्न सक्षम रहेको छ, जसले प्रयोगकर्तालाई छिटो राहत महसुस गराउँछ।

ऊर्जा दक्षतालाई ध्यानमा राख्दै यसमा एआई इनर्जी सेभिङ प्रविधि समावेश गरिएको बताइएको छ। एआई आधारित स्मार्ट प्रणालीले तापक्रमलाई स्वचालित रूपमा व्यवस्थापन गर्दै ६० प्रतिशतसम्म बिजुली बचत गर्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ।

स्वच्छ तथा स्वस्थ हावाका लागि ब्रिजइन सिरिजमा ४-स्टेप अटो क्लिन सिस्टम पनि उपलब्ध रहनुका साथै फ्रोस्टिङ, डिफ्रोस्टिङ, ड्राइङ तथा स्टेरिलाइजिङका चरणहरूले एसीको भित्री भागलाई सफा राख्दै स्वच्छ हावा प्रवाह सुनिश्चित गर्ने बताइएको छ।

यसैगरी, ४ इजी स्ट्रक्चर का कारण एसीको जडान तथा मर्मत प्रक्रिया सरल र सहज बनाइएको छ। साथै प्रयोगकर्ताले टीसीएल होम एप, गुगल असिस्टेन्ट तथा एलेक्सा मार्फत जुनसुकै स्थानबाट पनि एसी नियन्त्रण गर्न सक्ने स्मार्ट सुविधा पनि यसमा उपलब्ध रहेको जनाइएको छ।

ब्रिजइन सिरिज नेपालभर रहेका सिजी डिजिटलका शोरुम तथा आधिकारिक विक्रेतामार्फत १ टन, १.५ टन र २ टन क्षमतामा उपलब्ध रहेको कम्पनीले जनाएको छ। साथै उत्पादनमा पूर्ण वारेन्टी तथा भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध गराइने पनि कम्पनीले जानकारी दिएको छ।

नेपालमा एयर कन्डिसनर, टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन तथा वाटर डिस्पेन्सरमार्फत उपभोक्तामाझ लोकप्रिय रहेको टीसीएल ब्रान्डलाई नेपालमा सीजी इलेक्ट्रोनिक्सले आधिकारिक रूपमा वितरण गर्दै आएको बताएको छ। सोही क्रममा कम्पनीले अब आफ्नो नयाँ तथा अत्याधुनिक टीसीएल ब्रिजइन सिरिज एयर कन्डिसनर नेपाली बजारमा सार्वजनिक गरेको जनाएको छ।

  • CG Electronics
  • TCL Breezein AC
  • टीसीएल ‘ब्रिजइन’ एसी
  • सीजी इलेक्ट्रोनिक्स
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक
बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ
२०८३ साल जेठ महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल

ताजा

टीसीएल ‘ब्रिजइन’ एसी नेपाली बजारमा : शितलताको नयाँ अनुभव

ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

२०८३ साल जेठ महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.