भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा
काठमाडौं । भारतमा उत्पादन भएकोउच्चस्तरीय विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर नेपालमा भित्रिएको करिब दुई महिना भइसकेकोछ। भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव बोकेको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा उत्पादन गरिएको एम्पीयर ब्राण्डका स्कुटरहरूलाई नेपालमा आधिकारिक रूपमा श्री एसटीसी ग्रुप अन्तर्गतको श्री एसटीसी अटोसोलुसन प्रा. लि. लेबिक्री–वितरण गर्दै आएको छ ।
नेपालभर एम्पीयर ब्राण्डलाई विस्तार गर्ने क्रममा अब पोखरामा पनि यसको आधिकारिक बिक्री–वितरण सुरु गरिएको बताइएको छ। पोखराको बुद्धचोकमा रहेको डीएनबी ट्रेड प्रा. लि. लेएम्पीयर स्कुटरको आधिकारिक डिलरका रूपमा शोरुम सञ्चालनमा ल्याई बैशाख ३१ गतेदेखि एम्पीयर नेक्सस ईएक्स स्कुटरको बिक्री–वितरण सुरु गरेको जनाएको छ। डीएनबी ट्रेड प्रा.लि. ले एम्पीयरको नेक्सस ईएक्स मोडल सहित पोखरा बजारमा प्रवेश गरेको छ ।

ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीलेविगत १५ वर्षदेखि भारतमा विद्युतीय दुईपाङ्ग्रेसवारीसाधन उत्पादन गर्दै आएको बताएको छ। ग्रीभ्सको एम्पीयर ब्राण्ड भारतमा बलियोउपस्थिति बनाएको विद्युतीय स्कुटर ब्राण्डमध्ये एक हो। एम्पीयरका स्कुटरहरू उच्च प्रदर्शन, आकर्षक डिजाइन, स्मार्ट टेक्नोलोजी तथा विश्वस्तरीय गुणस्तरका लागि परिचित छन्। विशेषगरी एम्पीयर नेक्सस ईएक्स दैनिक प्रयोग, आरामदायी यात्रा तथा किफायती विद्युतीय सवारी खोज्ने ग्राहकहरूका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको जनाइएको छ।
एम्पीयर स्कुटरमा लिथियम फेरोफोस्फेट ब्याट्री प्रयोग गरिएको बताइएको छ। यी स्कुटरहरू अत्यन्तै चिसो अर्थात् माइनस ४० डिग्रीदेखि अत्यन्तै तातो ६० डिग्री तापक्रमसम्म परीक्षण गरिएका छन्। एम्पीयरमा प्रयोग गरिएको एलएफपी ब्याट्रीको लाइफ साइकल २ हजारसम्म रहेको छ। साथै, ब्याट्रीमा ८८७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी८८ उपलब्ध हुनेछ।

एम्पीयर स्कुटरहरूमा मजबुत च्यासिस, ट्वीन सस्पेन्सन, स्मार्ट टेक्नोलोजी, आरामदायी राइडिङ अनुभव तथा आकर्षक फिचरहरू उपलब्ध छन्।
एम्पीयर नेक्सस ईएक्समा ३.९ किलोवाट क्षमताको मोटर उपलब्ध छ। यसमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार एक पटक पूर्णचार्जगर्दायस स्कुटरलाई१३६ किलोमिटरसम्म गुडाउन सकिन्छ। यो ब्याट्री प्याक घरमै करिब ३ घण्टा ३० मिनेटमा चार्जगर्न सकिन्छ।
मिड–माउन्ट मोटर भएको यस स्कुटरमा रिभर्स मोडसहित पाँचवटा राइड मोड उपलब्ध छन् । यसमा एलोय ह्वील, डिस्क ब्रेक, अल–एलईडी लाइट, यूएसबी चार्जर, कनेक्टिभिटी लगायतका आधुनिक फिचरहरू समावेश छन्। एम्पियर नेक्सस ईएक्सको मूल्य ३ लाख ३५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
