भी-चित्रले जित्यो १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड
काठमाडौं । भी–चित्र प्रा.लि.ले १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा जनसम्पर्क अर्थात् पीआर विधामा उत्कृष्ट प्रदर्शन गर्दै ‘पीआर एजेन्सी अफ द इयर’ उपाधि जित्न सफल भएको छ । काठमाडौंस्थित यस एजेन्सीले टिकटकसँगको सहकार्यमा प्रभावशाली अभियान सञ्चालन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाएको छ ।
एशियाकै प्रमुख मार्केटिङ प्लेटफर्ममध्ये एक मानिने उक्त अवार्ड समारोह ३० अप्रिल २०२६ मा भारतको मुम्बईस्थित द वेस्टिन मुम्बई गार्डेन सिटी, गोरेगाउँ इस्टमा आयोजना गरिएको थियो । कार्यक्रममा एपीएसी क्षेत्रका उत्कृष्ट एजेन्सी तथा ब्रान्डहरूको सहभागिता रहेको थियो, जहाँ ग्राहक संलग्नता र सञ्चार क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संस्थाहरूलाई सम्मान गरिएको थियो ।
भी–चित्रले विश्वकै प्रभावशाली डिजिटल प्लेटफर्ममध्ये एक टिकटकसँगको सहकार्यमा उल्लेखनीय सफलता हासिल गरेको हो । कम्पनीले टिकटक फ्यामिली पेरिङ अभियानमार्फत ‘बेस्ट इन्टिग्रेटेड पीआर एण्ड डिजिटल इन्गेजमेन्ट’ तथा ‘बेस्ट मिडिया रिलेसन्स क्याम्पेन’ विधामा स्वर्ण पुरस्कार जितेको छ । सामाजिक सञ्जालमार्फत परिवारलाई जोड्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त अभियान सांस्कृतिक रूपमा समेत प्रभावशाली मानिएको थियो ।
नेपालमा २०२५ मा टिकटकमाथिको प्रतिबन्ध हटाइएपछि किशोरहरूको डिजिटल सुरक्षाबारे बढ्दो चिन्तालाई सम्बोधन गर्दै अभियानले अभिभावकीय नियन्त्रण सुविधा अर्थात् पेरेन्टल कन्ट्रोल फिचरलाई सेलिब्रेटी, कन्टेन्ट क्रियटर, टेलिभिजन विज्ञापन तथा स्थानीय भाषाका मिडियामार्फत सार्वजनिक गरेको थियो । अभियानले १४० भन्दा बढी मिडिया कभरेज, ३४ मिलियनभन्दा बढी क्रियटर भ्युज तथा ५.८ मिलियन इन्गेजमेन्ट हासिल गर्दै टिकटकलाई चिन्ताको प्लेटफर्मबाट जिम्मेवार प्लेटफर्मका रूपमा स्थापित गर्न सफल भएको जनाएको छ ।
यसैगरी, टिकटक सेफ्टी एम्बेसडर कार्यक्रममार्फत भी-चित्रले ‘बेस्ट युज अफ इन्फ्लुएन्सर्स इन पीआर क्याम्पेन’ विधामा पनि स्वर्ण पुरस्कार जितेको छ। उक्त अभियानले नेपालमा टिकटक प्रयोगकर्तामाझ डिजिटल सुरक्षासम्बन्धी सचेतना फैलाउने काम गरेको थियो।
ग्राण्ड प्रिक्स अवार्डअन्तर्गत प्राप्त यी सबै उपलब्धिसँगै भी–चित्रले ‘पीआर एजेन्सी अफ द इयर’ उपाधि पनि हात पारेको हो, जुन उक्त अवार्डको पब्लिक रिलेसन्सतर्फको सबैभन्दा ठूलो सम्मान मानिन्छ । यस उपलब्धिले भी–चित्रलाई एपीएसी क्षेत्रकै उत्कृष्ट पीआर एजेन्सीहरूको लहरमा स्थापित गरेको बताइएको छ ।
कम्पनीका अनुसार यो उपलब्धि केवल पुरस्कारमा सीमित नभई नेपाली एजेन्सीहरू क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व गर्न सक्षम छन् भन्ने सन्देशसमेत हो । यस सफलतामा भी–चित्रको पीआर केन्द्रित सहायक कम्पनी मिडिया म्यानको पनि महत्वपूर्ण भूमिका रहेको थियो। मिडिया रणनीति र सञ्चार विशेषज्ञतामार्फत मिडिया म्यानले सफल अभियान निर्माणमा योगदान दिएको कम्पनीले जनाएको छ ।
यी दुई संस्थाले विश्वस्तरीय सिर्जनात्मक सोच र प्रभावकारी सञ्चार काठमाडौंबाट पनि सम्भव छ भन्ने प्रमाणित गर्दै नयाँ पुस्ताका नेपाली मार्केटिङ व्यवसायीलाई अझ ठूलो सपना देख्न र विश्वस्तरमा प्रतिस्पर्धा गर्न प्रेरित गरेका छन्।
भी-चित्र प्रा.लि. नेपालका अग्रणी एकीकृत मार्केटिङ तथा सञ्चार एजेन्सीहरूमध्ये एक हो। कम्पनीले जनसम्पर्क, डिजिटल मिडिया, इभेन्ट व्यवस्थापन, इन्फ्लुएन्सर मार्केटिङ तथा क्रिएटिभ रणनीतिमा विशेषज्ञता हासिल गर्नुका साथै यस क्षेत्रकै चर्चित ब्रान्डहरूसँग प्रभावकारी र परिणाममुखी अभियान सञ्चालन गर्दै आएको भी-चित्र नेपालकै विश्वसनीय मार्केटिङ एजेन्सीका रूपमा स्थापित भएको बताइएको छ। सांस्कृतिक रूपमा सान्दर्भिक, रणनीतिक रूपमा प्रभावकारी तथा दीर्घकालीन असर पार्ने काम गर्ने प्रतिबद्धता कम्पनीले राखेको छ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

