काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३०.०८ अंकले बढेर २७५४.४८ बिन्दुमा पुगेको छ । आज ३४६ कम्पनीको १ करोड ६ लाखभन्दा बढी कित्ता शेयर कारोबार हुँदा कुल कारोबार रकम ३ अर्ब ८२ करोड रुपैयाँ नाघेको छ ।
यसदिन कारोबार भएका सबै १३ उपसूचक हरियालीमा देखिएका छन् । नेप्सेका अनुसार २४८ कम्पनीको शेयर मूल्य बढ्दा २१ कम्पनीको घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ ।


