आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदन, प्रारम्भिक छनोट सुरु
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत आठ वटा विश्वविद्यालयका उपकुलपति पदका लागि प्राप्त २१८ आवेदनमाथि प्रारम्भिक स्क्रिनिङ सुरु भएको छ । छनोट तथा सिफारिस समितिले आवेदनकर्ताहरूका शैक्षिक तथा व्यावसायिक कागजातहरूको अध्ययन गरिरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा बढी ५० आवेदन परेको छ भने पूर्वाञ्चल र पोखरा विश्वविद्यालयमा समान ३८/३८ आवेदन परेका छन् । त्यस्तै राजर्षि जनक विश्वविद्यालयमा २७, मध्यपश्चिममा २०, सुदूरपश्चिममा १९, कृषि तथा वन विज्ञानमा १५ र लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११ आवेदन परेको छ ।
सरकारले जारी गरेको एकीकृत कार्यविधिअनुसार सर्टलिस्ट तयार भएपछि छनोट प्रक्रिया दोस्रो चरणमा प्रवेश गर्ने समितिले जनाएको छ । उपकुलपति नियुक्तिका लागि गठित समितिको नेतृत्व शिक्षामन्त्री र मन्त्रालयका सचिवले गरिरहेका छन् ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

