आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदन, प्रारम्भिक छनोट सुरु
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत आठ वटा विश्वविद्यालयका उपकुलपति पदका लागि प्राप्त २१८ आवेदनमाथि प्रारम्भिक स्क्रिनिङ सुरु भएको छ । छनोट तथा सिफारिस समितिले आवेदनकर्ताहरूका शैक्षिक तथा व्यावसायिक कागजातहरूको अध्ययन गरिरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा बढी ५० आवेदन परेको छ भने पूर्वाञ्चल र पोखरा विश्वविद्यालयमा समान ३८/३८ आवेदन परेका छन् । त्यस्तै राजर्षि जनक विश्वविद्यालयमा २७, मध्यपश्चिममा २०, सुदूरपश्चिममा १९, कृषि तथा वन विज्ञानमा १५ र लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११ आवेदन परेको छ ।
सरकारले जारी गरेको एकीकृत कार्यविधिअनुसार सर्टलिस्ट तयार भएपछि छनोट प्रक्रिया दोस्रो चरणमा प्रवेश गर्ने समितिले जनाएको छ । उपकुलपति नियुक्तिका लागि गठित समितिको नेतृत्व शिक्षामन्त्री र मन्त्रालयका सचिवले गरिरहेका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
