महामेला एक्सचेन्ज कार्निभलमा सीजी मोटर्सले सार्वजनिक गर्यो विशेष अफर
काठमाडौं । सीजी मोटर्सले महामेला एक्सचेन्ज कार्निभल भृकुटीमण्डपमा बुधबारदेखि जेठ ११ गतेसम्म आयोजना गर्दै विशेष अफरहरू सार्वजनिक गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा लोकप्रिय गायक, संगीतकार तथा एक्सपेङ जी६ का एन्डोर्सर कालीप्रसाद बास्कोटा उपस्थित थिए। साथै सीजी मोटर्सका डेपुटी सीईओ बिमल शाह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा रिडारा इकोन ४x४ र अपग्रेडेड किङलङ १६ सिटेसँगै ७५.४१ किलोवाट आवर ब्लेड ब्याट्री अनावरण गरिएको बताइएको छ। नयाँ किङलङ १६ सिटेमा ४००+ रेन्ज, २१५ एमएम ग्राउन्ड क्लियरेन्सलगायतका विशेषता छन्।
कार्निभलअन्तर्गत दायुनमा ३ लाख ९९ हजार लाख डाउन पेमेन्ट, रिडारा इकोन ४x४ मा ९ लाख ९९ हजार डाउन पेमेन्ट सुविधा उपलब्ध हुने जनाइएको छ।
त्यस्तै, आयन र एक्सपेङमा १२ लाखसम्मको बेनिफिट, उत्कृष्ट साटफेर मूल्यांकन र उत्कृष्ट फाइनान्स सुविधा प्राप्त गर्न सकिनेछ।
इच्छुक ग्राहकहरूले कार्यक्रम अवधिभर भृकुटीमण्डपमा उपस्थित भई सवारी अवलोकन, टेस्ट ड्राइभ, एक्सचेन्ज भ्यालुएसन तथा फाइनान्स परामर्श लिन सक्ने कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

