कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
काठमाडौं । कालंगा हाइड्रो लिमिटेड को सर्वसाधारणतर्फ निष्काशन गरिएको आईपीओमा २ अर्ब २५ करोडभन्दा बढी रकम बराबरको आवेदन परेको छ । सिडिएसका अनुसार जेठ १० गते साँझ ५ बजेसम्म १७ लाख ७९ हजार ५९३ आवेदकबाट २ करोड २५ लाख २५ हजार २९० कित्ता शेयरका लागि आवेदन परेको हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बाँडफाँड गरिसकेको छ । अब सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरिएको हो ।
कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये १४ लाख कित्ता आयोजना प्रभावित र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड भइसकेको छ ।
बाँकी शेयरमध्ये १ लाख ७५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी २८ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । माग अनुसार आवेदन नपरेमा निष्काशन अवधि जेठ २२ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
