बसको ठक्करबाट एक पैदलयात्रीको निधन
जानकारी केन्द्र
२०८३, जेष्ठ, ११
काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरमा सोमबार बिहान यात्रुवाहक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
जलेश्वर नगरपालिका–६ का ७५ वर्षीय चन्देश्वर साहलाई जलेश्वर–२, मटिहानी चोकमा जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ४७५८ नम्बरको बसले ठक्कर दिएको हो। ठक्करपछि गम्भीर घाइते भएका साहलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
घटनापछि प्रहरीले बस र चालक महोत्तरीको पिपरा गाउँपालिका–९, अलिपट्टीका सत्यनारायण यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
