Jankari Kendra
९ कार्तिक २०८३, आईतवार

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, जेष्ठ, १२
सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मुल्य घटेको छ। सोमबार तोलामा एक हजार नौ सय रूपैयाँ बढेको सुनको मुल्य आज प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ९२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला पाँच हजार एक सय ५० रूपैयाँमा कारोबार भएको चाँदी प्रतितोला ९० रुपैयाँले घटेर पाँच हजार ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स