एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता
काठमाडौं । एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ प्रमाणपत्र प्राप्त गर्दै गुणस्तरीय सेवा र वातावरणीय जिम्मेवारीप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ । यी अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्डहरुले कम्पनीले निरन्तर उच्चस्तरीय सेवा प्रदान गर्नुका साथै वातावरणीय प्रभावलाई न्यूनतम राख्न अपनाएको प्रयासलाई स्पष्ट रुपमा प्रतिबिम्बित गर्छन् ।
आईएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम) को विश्वव्यापी मानक हो । यसले ग्राहकका आवश्यकता तथा नियामक निकायहरूका प्रावधानहरू पूरा गर्न व्यावसायिक प्रतिष्ठानहरूले आवश्यक प्रक्रियाहरू अपनाउने गरेको सुनिश्चित गर्दछ । त्यसैगरी, आईएसओ १४००१ ले वातावरणीय व्यवस्थापन प्रणाली (एन्भाइरमेन्टल म्यानेजमेन्ट सिस्टम) को मापदण्ड निर्धारण गर्दछ, जसले सङ्घ संस्था तथा व्यवसायहरूलाई उनीहरूको वातावरण प्रतिको जिम्मेवारी, फोहर मैला व्यवस्थापन र विद्यमान कानुन तथा नियमहरू प्रभावकारी रूपमा पालना गर्न मार्गदर्शन गर्दछ ।
“आईएसओ २७००१:२०२२ (आइएसएमएस) र आईएसओ २७७०१:२०१९ (पीआईएमएस) डाटा सुरक्षा तथा गोपनीयताका मान्यताहरू प्राप्त गरेपछि अब आईएसओ ९००१ र आईएसओ १४००१ को मान्यता पाउनु हामीले प्रदान गर्ने सेवाको गुणस्तर प्रति हाम्रो प्रतिबद्धताको प्रमाण हो,” एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने ।

बिजनेस टु कन्ज्युमर (बीटुसी), बिजनेस टु बिजनेस (बीटुबी) वा बिजनेस टु गभर्मेन्ट (बीटुजी) जुनसुकै सेवा भए पनि यी मान्यताले व्यवसाय विश्वव्यापी रूपमा मान्य मापदण्डअनुसार बलियो रूपमा सञ्चालित छ भन्ने कुरा देखाउँछ ।
एनसेलले पुस २०८१ मा आईएसओ २७००१:२०२२ (आइएसएमएस) र आईएसओ २७७०१:२०१९ (पीआईएमएस) को मान्यता प्राप्त गरेको थियो। उक्त प्रमाणीकरण यो वर्ष पनि नवीकरण गरिएको कम्पनीले बताएको छ ।
यस्तो प्रमाणीकरण प्राप्त गर्ने एनसेल नेपालको पहिलो दूरसञ्चार सेवा प्रदायक हो । यी दुई प्रमाणीकरणहरुले नेपालको द्रुत गतिमा विकास भइरहेको डिजिटल परिदृश्यमा कम्पनीको उत्कृष्ट सञ्चालन र दिगोपनप्रति एनसेलले ध्यान केन्द्रित गरेको कुरालाई पुष्टि गर्दछ । ग्राहकहरूका लागि यसको अर्थ थप भरपर्दो नेटवर्क पर्फर्मेन्स, अझ उत्तम सेवा गुणस्तर र वातावरणीय रूपमा जिम्मेवार सञ्चालन सुनिश्चितता रहेको कम्पनीले जनाएको छ।
त्यस्तै उद्यमी तथा व्यवसायहरूले दक्षता वृद्धि, जोखिम न्यूनीकरण र बढी प्रतिस्पर्धात्मक क्षमता प्राप्त गर्दछन् भने साझेदार, नियामक निकाय तथा लगानीकर्ताहरूले एनसेलको जबाफदेहिता, कम्प्लायन्स र निरन्तर सुधारप्रतिको प्रतिबद्धताबाट आत्मविश्वास प्राप्त गर्न सक्नेछन्।
यी प्रमाणीकरणहरुको सदुपयोग गर्दै विश्वस्तरीय डिजिटल सेवाहरू उपलब्ध गराउन र पर्यावरणीय संरक्षणलाई पनि प्रवद्र्धन गर्न कम्पनी प्रतिबद्ध रहेको बताइएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
