साओमी १७ टी मोबाइल सार्वजनिक हुँदै : प्रि-अर्डरमा इयरबड्स र साओमी ट्याग फ्री
काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपालमा नयाँ स्मार्टफोन साओमी १७ टीको प्रि–अर्डर खुला गरेको छ । आकर्षक प्रिमियम डिजाइन र लाइका प्रविधिमा आधारित टेलिफोटो क्यामेरा क्षमतासहित यो स्मार्टफोन नेपाली बजारमा ल्याइएको बताइएको छ ।
साओमी १७ टीमा लाइकाद्वारा डिजाइन गरिएको ट्रिपल क्यामेरा सेटअप रहनुका साथै यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, लाइका अल्ट्राप्योर अप्टिक्स तथा लाइका समिलक्स लेन्स प्रविधि समावेश गरिएको छ, जसले फोटोमा अझ स्पष्ट विवरण, गहिराइ र उत्कृष्ट डायनामिक रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यस स्मार्टफोनमा लाइका ५ एक्स टेलिफोटो क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा तथा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ, जसले उच्च रिजोल्युसनका तस्बिर तथा उत्कृष्ट भिडियो रेकर्डिङ अनुभव दिने बताइएको छ।
कम्पनीका अनुसार, साओमी १७ टीमा ६.५९ इन्चको १.५ के एमोलेड डिस्प्ले रहेको छ, जसमा अधिकतम ३५०० निट्स ब्राइटनेस उपलब्ध भएकाले बाहिरी उज्यालोमा पनि सहज रूपमा प्रयोग गर्न सकिन्छ ।
यसमा साओमी भिजन केयर, ३८४० हर्ज पीडब्लुएम डिमिङ तथा डीसी डिमिङ जस्ता आँखाको सुरक्षासम्बन्धी विशेषता समावेश छन् । १२० हर्ज रिफ्रेस रेटले फोनको प्रदर्शनलाई अझ स्मुथ बनाउँछ । करीब २०० ग्राम तौल रहेको यो स्मार्टफोन आईपी ६८ प्रमाणित भएकाले पानीका छिटा तथा धुलोबाट पनि सुरक्षित रहने कम्पनीले जनाएको छ ।
६५०० एमएएच क्षमताको ब्याट्री रहेको साओमी १७ टीले ६७ वाट हाइपरचार्ज तथा २२.५ वाट वायर्ड रिभर्स चार्जिङ सपोर्ट गर्नुका साथै यसमा ४ एनएम मिडियाटेक डाइमेन्सिटी ८५००–अल्ट्रा फ्ल्यागशिप चिपसेट प्रयोग गरिएको छ, जसले शक्तिशाली प्रदर्शन प्रदान गर्छ भने साओमीको उन्नत थ्रीडी आइसलुप कुलिङ सिस्टमले गेमिङ तथा लाइभ स्ट्रिमिङ जस्ता भारी प्रयोगका समयमा फोनलाई चिसो राख्न र स्थिर प्रदर्शन कायम गर्न मद्दत गर्ने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार, अडियो तथा कनेक्टिभिटी एम डुअल स्टेरियो स्पिकरसहित साओमी १७ टीले उत्कृष्ट अडियो अनुभव प्रदान गर्छ भने यस स्मार्टफोनले वाइफाइ ६ ई डुअल सिम तथा एनएफसी सपोर्ट गर्ने भएकाले नेटवर्क कनेक्टिभिटी, सिग्नल क्षमता तथा प्रयोगको लचकता अझ राम्रो बनाउँछ ।
साओमी १७ टी भायोलेट, ब्लु र ब्ल्याक गरी तीन आकर्षक रंगमा तथा १२ जीबी+ ५१२ जीबी भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो स्मार्टफोनको प्रि–अर्डर गर्दा ग्राहकहरूले ५ हजार ५०० रुपैयाँ बराबरको विशेष अफर प्राप्त गर्नेछन्, जसअन्तर्गत रेड्मी बड्स टएबिथ (६ प्ले) (मूल्य २ हजार ४ सय ९९) र साओमी ट्याग (मूल्य २ हजार ९ सय ९९ रुपैयाँ) निःशुल्क प्रदान गरिने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार प्रि–अर्डर २९ मे देखि ६ जुन २०२६ सम्म खुला रहनेछ भने साओमी १७ टीको नेपाली बजार मूल्य ८९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
