एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विस्फोटक ओपनर कुशल भुर्तेलले एसियन गेम्स छनोट प्रतियोगिताअन्तर्गत चीनविरुद्धको खेलमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनले एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्दै नेपाली क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका हुन्।
भुर्तेलले इनिङ्सको नवौं ओभरमा विपक्षी बलरका सबै ६ बललाई सीमा रेखापार पठाउँदै दुर्लभ उपलब्धि आफ्नो नाममा दर्ज गरे। क्रिकेट इतिहासमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीको सूचीमा उनी नेपालका दोस्रो खेलाडी बनेका छन्।
यसअघि सन् २०२३ मा एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा लगातार ६ छक्का प्रहार गर्दै यस्तो कीर्तिमान बनाएका थिए।
चीनविरुद्धको खेलमा भुर्तेलको आक्रामक ब्याटिङले नेपाललाई बलियो अवस्थामा पुर्याएको थियो। उनको यो उपलब्धिलाई नेपाली क्रिकेट इतिहासको स्मरणीय क्षणका रूपमा हेरिएको छ।
सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
