एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विस्फोटक ओपनर कुशल भुर्तेलले एसियन गेम्स छनोट प्रतियोगिताअन्तर्गत चीनविरुद्धको खेलमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनले एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्दै नेपाली क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका हुन्।
भुर्तेलले इनिङ्सको नवौं ओभरमा विपक्षी बलरका सबै ६ बललाई सीमा रेखापार पठाउँदै दुर्लभ उपलब्धि आफ्नो नाममा दर्ज गरे। क्रिकेट इतिहासमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीको सूचीमा उनी नेपालका दोस्रो खेलाडी बनेका छन्।
यसअघि सन् २०२३ मा एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा लगातार ६ छक्का प्रहार गर्दै यस्तो कीर्तिमान बनाएका थिए।
चीनविरुद्धको खेलमा भुर्तेलको आक्रामक ब्याटिङले नेपाललाई बलियो अवस्थामा पुर्याएको थियो। उनको यो उपलब्धिलाई नेपाली क्रिकेट इतिहासको स्मरणीय क्षणका रूपमा हेरिएको छ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी

