भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीले एसियन गेम्स छनोट प्रतियोगितामा चीनमाथि २२१ रनको शानदार जित दर्ता गरेको छ। कुशल भुर्तेलको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा नेपालले एकतर्फी जित हासिल गरेको हो।
नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमै समेटियो। चीनका लागि झेङ सेनिजानले सर्वाधिक ३१ रन बनाए भने जिआनहो दुले १७ र तियान सेंकुनले १२ रन जोडे। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
नेपालका लागि कुशल मल्लले ३ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट झारे भने नन्दन यादवले १ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको विशाल योगफल खडा गरेको थियो। यो नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको दोस्रो ठूलो स्कोर हो। यसअघि नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो।
नेपालको विशाल स्कोरमा कुशल भुर्तेलले ४३ बलमा १२९ रनको विस्फोटक इनिङ्स खेले। उनले ५ चौका र १६ छक्का प्रहार गरे। यस्तै कुशल मल्लले ४७ बलमा ८५ रन बनाए भने कप्तान रोहित पौडेल २१ बलमा ६९ रन जोड्दै अविजित रहे।
भुर्तेलले खेलको नवौं ओभरमा लगातार ६ छक्का प्रहार गर्दै विशेष कीर्तिमान पनि बनाए। उनी एक ओभरमा ६ छक्का प्रहार गर्ने नेपालका दोस्रो तथा विश्व क्रिकेटका छैटौं खेलाडी बने।
चीनका लागि मा कुइनचेन र डेंग जिंकीले समान १–१ विकेट लिए ।
यस जितसँगै नेपालले एसियन गेम्स छनोट प्रतियोगितामा सुखद सुरुआत गर्दै आफ्नो दाबेदारी बलियो बनाएको छ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी

