भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीले एसियन गेम्स छनोट प्रतियोगितामा चीनमाथि २२१ रनको शानदार जित दर्ता गरेको छ। कुशल भुर्तेलको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा नेपालले एकतर्फी जित हासिल गरेको हो।
नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमै समेटियो। चीनका लागि झेङ सेनिजानले सर्वाधिक ३१ रन बनाए भने जिआनहो दुले १७ र तियान सेंकुनले १२ रन जोडे। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
नेपालका लागि कुशल मल्लले ३ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट झारे भने नन्दन यादवले १ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको विशाल योगफल खडा गरेको थियो। यो नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको दोस्रो ठूलो स्कोर हो। यसअघि नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो।
नेपालको विशाल स्कोरमा कुशल भुर्तेलले ४३ बलमा १२९ रनको विस्फोटक इनिङ्स खेले। उनले ५ चौका र १६ छक्का प्रहार गरे। यस्तै कुशल मल्लले ४७ बलमा ८५ रन बनाए भने कप्तान रोहित पौडेल २१ बलमा ६९ रन जोड्दै अविजित रहे।
भुर्तेलले खेलको नवौं ओभरमा लगातार ६ छक्का प्रहार गर्दै विशेष कीर्तिमान पनि बनाए। उनी एक ओभरमा ६ छक्का प्रहार गर्ने नेपालका दोस्रो तथा विश्व क्रिकेटका छैटौं खेलाडी बने।
चीनका लागि मा कुइनचेन र डेंग जिंकीले समान १–१ विकेट लिए ।
यस जितसँगै नेपालले एसियन गेम्स छनोट प्रतियोगितामा सुखद सुरुआत गर्दै आफ्नो दाबेदारी बलियो बनाएको छ।
सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
