• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० जेठ २०८३, शनिबार
३० जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न
  • ९ घण्टा 

परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान
  • ११ घण्टा 

हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक
  • १३ घण्टा 

यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्
  • १५ घण्टा 

आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने
  • १६ घण्टा 

२०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १६ घण्टा 

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?
  • १ दिन 

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने
  • १ दिन 

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

  • २. आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

  • ३. यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

  • ४. सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक

  • ५. हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

  • ६. एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

  • ७. चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

  • ८. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ९. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • १०. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

‘इसेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्न : नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी

जानकारी केन्द्र २०८३, जेष्ठ, १८

काठमाडौं ।  नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाद्वारा सौराहामा आयोजित “इसेवा ह्याकाथन २०२६” भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजित आवासीय ह्याकाथन नयाँ प्रविधि, नवप्रवर्तन, सिर्जनशील सोच तथा वातावरणीय दिगोपनासँग सम्बन्धित डिजिटल समाधानहरू प्रस्तुत गर्दै आइतबार सम्पन्न भएको हो । इसेवाले वन्यजन्तु तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको संस्था विश्व वन्यजन्तु कोष नेपालसँगको सहकार्यमा उक्त ह्याकाथन आयोजना गरेको थियो ।

नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ह्याकाथनमा देशभरबाट छनोट भएका २० टोलीका ६३ जना युवा प्रतिभाहरूबीच प्रतिस्पर्धा भएको थियो । सहभागी प्रतिस्पर्धी टोलीहरूले फिनटेक, साइबर सुरक्षा, डिजिटल समावेशीकरण तथा वातावरणीय दिगोपनासँग सम्बन्धित नवीन डिजिटल समाधान तथा प्रोटोटाइपहरू प्रस्तुत गरेका थिए ।

ह्याकाथनको निर्णायक मण्डलद्वारा गरिएको मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन टोली छनोट गरिएको थियो। यसअन्तर्गत आदित्य कुमार साह तेली र पूजा यादव सदस्य रहेको टोली ‘कन्फ्युजन म्याट्रिक्स’ ले प्रथम स्थान हासिल गर्न सफल भयो । त्यसै गरी, अभिनन्दन राजभण्डारी, एरबिन श्रेष्ठ, उत्सव दाहाल र सबिन न्यौपाने आबद्ध टोली ‘क्यास फ्लो’ द्वितीय हुन सफल भयो भने इन्द्र प्रसाद सापकोटा, समीप घिमिरे, सौगात अधिकारी र स्नेहा क्षेत्री सम्मिलित टोली ‘आर्याना’ ले तृतीय स्थान हासिल गर्यो । ह्याकाथनमा प्रथम, द्वितीय र तृतीय हुने टोलीहरूले क्रमशः रु. ३ लाख, रु. २ लाख र रु. १ लाख नगद पुरस्कार प्राप्त गरेको इसेवाले जनाएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ह्याकाथनका प्रतिस्पर्धीहरूको उत्साह तथा उनीहरूले प्रस्तुत गरेका समाधानहरूको मुक्तकण्ठले प्रशंसा गरे । साथै, उनलेले ह्याकाथनमा प्रस्तुत भएका समाधानहरूलाई आगामी दिनमा अधिकतम सदुपयोग गर्ने बताए । “यहाँ युवाहरूले प्रस्तुत गरेका सिर्जनशील तथा नवप्रवर्तनात्मक समाधानहरूलाई भविष्यमा सदुपयोग गर्दै डिजिटल अर्थतन्त्र र पर्यावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउन सकिने विश्वास लिएका छौँ ।” खड्काले भने, “नव प्रतिभाहरूको नवीन डिजिटल समाधान, ऊर्जा र सिर्जनशीलताले नै सुरक्षित र सुदृढ फिनटेक इकोसिस्टमको भविष्य तय गर्नेछ ।”

इसेवाले नवप्रवर्तन संस्कृतिको विकास, उद्यमशीलता प्रवद्र्धन तथा डिजिटल अर्थतन्त्रमा योगदानका लागि आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न
परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान
हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

ताजा

नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान

हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.