• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ जेठ २०८३, सोमबार
१८ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

१२औं संस्करणको ‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि सुरु हुँदै
  • ६ घण्टा 

विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्म स्थगित
  • ६ घण्टा 

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट
  • ८ घण्टा 

सर्वोत्तम पेन्ट्सले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै
  • ११ घण्टा 

मोबाइल नम्बर वा इमेल परिवर्तन भए वित्तीय संस्थालाई जानकारी गराउन राष्ट्र बैंकको आग्रह
  • १२ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १४ घण्टा 

पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना
  • १६ घण्टा 

‘इसेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्न : नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
  • १ दिन 

रणवीर र रश्मिकासँग कजारिया रमेश टायल्सको ‘घरमा कजारिया…’ अभियान सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन

  • २. २०८३ जेठ १४ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान

  • ४. ट्राफिक प्रहरीको अनलाइन भुक्तानी अवरुद्ध हुने

  • ५. वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

  • ६. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ७. बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन

  • ८. देशभर पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा

  • ९. साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?

  • १०. २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइयो

१२औं संस्करणको ‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि सुरु हुँदै

जानकारी केन्द्र २०८३, जेष्ठ, १९

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औं संस्करण आयोजना गर्ने भएको छ ।

नेपालको विद्युतीय, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको हो । ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित यस बहुप्रतिक्षित प्रदर्शनीको औपचारिक उद्घाटन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गर्ने तय भएको बताइएको छ।

वि.सं. १९९६ देखि निरन्तर आयोजना हुँदै आएको यो प्रदर्शनी नेपालकै विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित कार्यक्रमको रूपमा स्थापित छ।

विगत तीन दशकदेखि आयोजना हुँदै आएको यस मेलाले उत्पादक, आयातकर्ता, वितरक, इन्जिनियर र उपभोक्ताहरूलाई एउटै थलोमा ल्याई नवीन प्रविधि र व्यवसायिक अवसरहरूको आदान–प्रदान गर्ने प्रभावकारी मञ्च प्रदान गर्दै आएको जनाइएको छ ।

विशेषगरी नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई दिएको प्राथमिकता, विद्युत खपत अभिवृद्धि र विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्ने लक्ष्यलाई सफल पार्न यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने महासंघको विश्वास छ ।

सुरक्षित र गुणस्तरीय विद्युतीय सामग्रीको प्रयोगबारे जनचेतना जगाउनु पनि यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताइएको छ ।

यस वर्षको प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका प्रतिष्ठित कम्पनीहरूको उल्लेख्य सहभागिता रहनेछ । मेलामा ट्रान्सवेल्ड, ह्याभेल्स, केईआई, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट इलेक्ट्रिकल्स, ब्रिलियन्ट एलईडी, बजाज, सिमेन्स, क्रम्पटन जस्ता स्वदेशी तथा बहुराष्ट्रिय ब्राण्डहरूले आफ्ना नवीनतम उत्पादन र अत्याधुनिक प्रविधिहरू प्रदर्शन गर्नेछन् ।

प्रदर्शनीमा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन प्रणाली, स्मार्ट होम सोलुसन, औद्योगिक स्वचालन, सौर्य ऊर्जा र ई–मोबिलिटीका क्षेत्रमा भएका पछिल्ला आविष्कारहरू अवलोकन गर्न पाइनेछ ।

प्रदर्शनी अवधिभर विभिन्न अन्तरक्रिया कार्यक्रम, व्यवसायिक भेटघाट र ज्ञानमूलक सत्रहरू समेत सञ्चालन गरिनेछन् । प्रदर्शनीमा देशभरका ५ हजारभन्दा बढी विद्युतीय व्यवसायीसहित करिब २५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ ।

महासंघले देशभरिका जिल्ला तथा नगरस्तरीय संघहरूको सक्रिय सहभागितालाई प्राथमिकता दिँदै व्यवसायीहरूलाई नवीनतम प्रविधिसँग जोड्ने योजना बनाएको जनाएको छ ।

प्रदर्शनीमा प्रवेश पूर्ण रूपमा निःशुल्क गरिएको छ, तथापि आगन्तुकहरूले डिजिटल लिंक वा क्यूआर कोडमार्फत अनिवार्य पूर्व दर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

मेलाको व्यवस्थापन मिडिया स्पेस सोलुसन्सले गरिरहेको छ भने नविल बैंक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, एस.के.बी. ग्रुप, जुलाई टेक ल्याब्स र सजिलो नेट लगायतका संस्थाहरूले विभिन्न विधामा सहयोग गरेका छन् ।

महासंघले यस राष्ट्रिय महत्वको प्रदर्शनीलाई भव्य रूपमा सफल बनाउन सम्पूर्ण उद्योगी, व्यवसायी, प्राविधिक र आम नागरिकहरूलाई सहभागी हुन आग्रह गरेको छ ।

  • फिन इलेक्ट्रो–टेक
  • फिन इलेक्ट्रो–टेक २०२६
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्म स्थगित
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट
सर्वोत्तम पेन्ट्सले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

ताजा

१२औं संस्करणको ‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि सुरु हुँदै

विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्म स्थगित

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट

सर्वोत्तम पेन्ट्सले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.