• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२१ जेठ २०८३, बिहीबार
२१ जेठ २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
  • ६ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै
  • ६ घण्टा 

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
  • १ दिन 

मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडा प्रतिनिधीको भेटवार्ता : अटोमोटिभ क्षेत्रको नीतिगत संवाद
  • १ दिन 

एलपीएल २०२६ मा नेपाली क्रिकेटको बलियो उपस्थिति : दिपेन्द्र, सन्दीप र कुशल छनोट
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव : हिमाली तथा पहाडी भागमा वर्षा हुने र तराईमा गर्मी बढ्ने
  • १ दिन 

२०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

लोकप्रिय समाचार

  • १. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • २. न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव : हिमाली तथा पहाडी भागमा वर्षा हुने र तराईमा गर्मी बढ्ने

  • ३. ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ६. वीरगन्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात

  • ७. आज दिउँसो ४ बजे बजेट सार्वजनिक हुँदै

  • ८. काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. २४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

जानकारी केन्द्र २०८३, जेष्ठ, २२

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग जोड्ने उद्देश्यका साथ मिड–भ्याली इन्टरनेसनल कलेज (एमभिआइसी) र वाइजएडमिटबिच रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सहकार्यमार्फत चीनको प्रतिष्ठित नान्जिङ युनिभर्सिटी अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एनयूएए) सँग शैक्षिक तथा प्राविधिक सम्बन्ध विस्तार गरिने जनाइएको छ।

एरोनटिक्स, इन्जिनियरिङ, कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा चीनकै अग्रणी विश्वविद्यालयमध्ये एक मानिने एनयूएएसँगको सहकार्यले नेपाली विद्यार्थीलाई विश्वस्तरीय शैक्षिक अवसर उपलब्ध गराउने अपेक्षा गरिएको बताइएको छ।

सम्झौताअनुसार एनयूएएका प्राध्यापक, अनुसन्धानकर्ता तथा शैक्षिक विज्ञहरूको टोली नेपाल आउनेछ। टोलीले एमभिआइसीमा एआई, रोबोटिक्स, ड्रोन प्रविधि, चिनियाँ भाषा, अन्तर्राष्ट्रिय व्यापार तथा नवप्रवर्तनसम्बन्धी विशेष शैक्षिक कार्यक्रम सञ्चालन गर्नेछ। यस पहलका लागि एमभिआइसी नेपालका लागि विशेष साझेदार संस्थाका रूपमा रहनेछ।

सहकार्यअन्तर्गत सञ्चालन हुने कार्यक्रमबाट विद्यार्थी, शिक्षक तथा युवा नवप्रवर्तकहरूले विश्व अर्थतन्त्रलाई रूपान्तरण गरिरहेका अत्याधुनिक प्रविधि र नवप्रवर्तनका क्षेत्रबारे प्रत्यक्ष जानकारी प्राप्त गर्नेछन्। साथै एआई, स्वचालन, स्मार्ट उत्पादन, ड्रोन प्रविधि, उद्यमशीलता तथा अन्तरदेशीय व्यापारका सम्भावनाबारे समेत जानकारी हासिल गर्न सक्नेछन्।

सम्झौताले नेपाली विद्यार्थीलाई चीनमा सञ्चालन हुने समर इमर्सन कार्यक्रम, इन्क्युबेसन कार्यक्रम तथा नवप्रवर्तनमा आधारित अध्ययन–अवलोकन कार्यक्रममा सहभागी हुने अवसरसमेत प्रदान गर्नेछ। यस्ता कार्यक्रममार्फत विद्यार्थीले चीनको तीव्र रूपमा विकसित हुँदै गएको अनुसन्धान वातावरण, नवप्रवर्तन प्रणाली र अन्तर्राष्ट्रिय शैक्षिक अभ्यासलाई नजिकबाट बुझ्न सक्ने विश्वास गरिएको छ।

सम्झौता हस्ताक्षर समारोहमा एमभिआइसीकी प्रबन्ध निर्देशक रितल राणाले उक्त सहकार्यले कलेजको अन्तर्राष्ट्रियकरण, नवप्रवर्तन, उद्यमशीलता तथा भविष्य–मुखी शिक्षाप्रतिको प्रतिबद्धता झल्काएको बताइन्। नेपाली विद्यार्थीलाई विश्वस्तरीय सिकाइ वातावरण र उदीयमान प्रविधिसँग जोड्नु समयको आवश्यकता रहेको उनीको भनाइ थियो।

वाइजएडमिटका प्रमुख कार्यकारी अधिकृत डा. रुपेश रेग्मीले विश्व एआई, रोबोटिक्स तथा प्रविधिमा आधारित उद्योगतर्फ तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै नेपाली युवालाई यस्ता अवसरबाट लाभान्वित गराउन सहकार्य महत्वपूर्ण हुने बताए। उनले यस साझेदारीले नेपाल र चीनबीचको शैक्षिक तथा नवप्रवर्तनसम्बन्धी सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

एमभिआइसी, वाइजएडमिट र एनयूएएबीचको सहकार्यले नेपाल–चीन शैक्षिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनुभव, अत्याधुनिक प्रविधि र नवप्रवर्तन–केन्द्रित करियर अवसरसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ताजा

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.