बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता लगातार बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ७० अर्ब रुपैयाँ तान्ने भएको छ। वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ।
बैंक तथा वित्तीय संस्थाहरूले प्रतिस्पर्धात्मक ब्याजदर प्रस्ताव गर्दै बोलकबोलमा सहभागी हुन सक्नेछन्। निक्षेप राख्न इच्छुक संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा निक्षेप संकलन गर्ने जनाएको छ। एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी प्रस्ताव पेश गर्न सक्ने व्यवस्था पनि गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
केन्द्रीय बैंकका अनुसार निक्षेप संकलन उपकरणको अवधि ७७ दिन रहनेछ। संकलित रकमको साँवा तथा ब्याज आगामी भदौ ५ गते एकमुष्ट भुक्तानी गरिनेछ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति