• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ असार २०८३, बिहीबार
२५ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार
  • १५ घण्टा 

पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै
  • १५ घण्टा 

नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट
  • १६ घण्टा 

सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद
  • १६ घण्टा 

टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
  • १९ घण्टा 

मेची राजमार्ग अवरुद्ध : यात्रु र बिरामी बीच बाटोमै अलपत्र
  • १९ घण्टा 

मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ
  • २० घण्टा 

सुनको मूल्य प्रतितोला दुई हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. हालान्ड चम्किदा ब्राजिल विश्वकपवाट बाहिर, नर्वे पहिलो पटक क्वाटरफाइनलमा

  • २. २०८३ असार २५ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

  • ४. नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

  • ५. पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

  • ६. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ७. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

जानकारी केन्द्र २०८३, जेष्ठ, २३

काठमाडौं । नेपाल मेडिकल कलेजमा एक ८० वर्षीय बृद्धको मुटुको रक्तनलीको ब्लक सफलतापूर्वक खोलिएको छ । कलेजका मुटु रोग विशेषज्ञ डा. सुर्यराज पाठकको नेतृत्वको टीमले ८० वर्षीय काजी शेर्पाको एन्जियोप्लास्टी सफलतापूर्वक गरेको हो ।

बुधबार उच्च रक्तचाप, अत्याधिक मुटु दुखाईबाट गम्भिर बनेका बृद्धलाई उनका परिवारले नेपाल मेडिकल कलेजको इमरजेन्जीमा उपचारका लागि ल्याएका थिए । त्यस वखत उनको अवस्था गम्भिर थियो । तत्काललै डा. सुर्यराज पाठक नेतृत्वको टीमले एन्जियोप्लास्टी (बाई पास सर्जरी) गरी उनको ज्यान बचाएको बताइएको छ ।

“उहाँमा विगत १० वर्षदेखि उच्च रक्तचाप रहेछ, त्यसमाथि धुम्रपान समेत गर्नुहुने भएकोले लामो समयदेखि मुटु दुख्ने, रक्तचाप बढ्ने समस्याले ग्रसित हुनुहुँदो रहेछ । यहाँ आउने बेला पनि उहाँको स्वास्थ्यवस्था जटिल भइसकेको थियो । उहाँको मुटुको २ वटा रक्तनली बन्द भएको पायौं । त्यसपछि तत्कालै एन्जियोप्लास्टी गर्यौं ।” मुटु रोग विभागका प्रमुख समेत रहेका डा. पाठकले भने ।

मुटु रोगको उपचारका लागि अत्याधुनिक क्याथ ल्याब स्थापना गरेसँगै कलेजमा मुटु रोगको उपचार गराउन आउने बिरामीहरुको संख्या बढ्दो छ । करिब ३ महिनाको दौरानमा कलेजले ५० जना जतिको एन्जियोप्लास्टी गरिसकेको जनाएको छ । कलेजमा हर्ट अट्याक भएका तथा मुटु सम्बन्धी अन्य रोग लिएर आएका बिरामीको दक्ष तथा अनुभवी मुटु रोग विशेषज्ञबाट उपचार हुँदै आएको बताइएको छ । हाल यहाँ काठमाडौं उपत्यकासँगै मोफसलबाट समेत मुटु रोगीहरु उपचारार्थ आउने गरेका छन् ।

क्याथल्याब नहुँदा विगतमा मुटु रोगी बिरामीहरुलाई अन्यत्र रिफर गरिन्थ्यो । कतिपय अवस्थामा समयमै अस्पताल नपुग्दा बिरामीहरुको बाटोमै ज्यान जाने सम्मको अवस्था आउँथ्यो । तर, अहिले हर्ट अट्याक मात्र नभएर मुटु सम्बन्धी कुनैपनि समस्या भएका बिरामीले नेपाल मेडिकल कलेजमा सहज उपचार पाउने गरेका छन् । यसबाट काठमाडौंका उत्तरपूर्वी भेगका जनताले बढी लाभ लिई रहेको जनाइएको छ।

स्वास्थ्य सेवामा भित्रिएका नविनतम उपचार पद्दति र प्रविधिलाई आत्मसाथ गर्दै सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले बताइन् । मुटु रोगको सफल उपचारका लागि क्याथ ल्याब सँगै पछिल्लो समय कलेजले प्रख्यात फिलिप्स कम्पनीको १२८ स्लाइसको सिटी स्क्यान तथा १.५ टेस्ला एमआरआई समेत सञ्चालनमा ल्याइसकेकोले उपचारार्थ आउने बिरामीहरुको संख्या बढ्दो रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार
पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै
नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

ताजा

२०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार

पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.