आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द
काठमाडौं। आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द हुने भएको छ। नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्न लागेका हुन् । भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ अर्थात एसओपीका कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसके पछि उधोगीहरूले चिया बगान र उधोग बन्द गर्नु परेको जनाएका छन् ।
नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रहेको र त्यसमध्ये करिब ५ अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक सङ्घका महासचिव शुक्र दाहालले जानकारी दिएका छन् ।
उनका अनुसार भारतको बदलामा बङ्गलादेश, पाकिस्तानलगायतका तेस्रो मुलुकमा चिया निर्यात गर्न सकिने बताउँदै उनले त्यसतर्फ निर्यातका लागि पहल गरिदनसमेत सरकारसँग माग गरिएको छ । चिया क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गरेको तथा वार्षिक १ अर्ब राजस्व बुझाउँने गरेका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
