• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

माहुरी चरनमै सिन्डिकेटः विषादी हालेर १८ लाख बराबरका माहुरी मारिए

बाहिरी जिल्लाबाट चराउनका लागि दाङ ल्याइएका ७५ घार मौरी विषादीका कारण मरेका छन्। त्यसबाट माहुरी किसानलाई करिब १८ लाखभन्दा बढी क्षति भएको उनीहरुले बताएका छन्। माहुरीको घारमा कसले विषादी हालेको हो वा होइन भनेर विज्ञहरुको टोलीले छानबिन समेत थालिसकेको छ। तोरी र चिउरी फूल्ने यो सिजनमा चितवन, नवरपरासी, कपिलवस्तु, रुपन्देही, काठमाडौं, सर्लाहीलगायत थुप्रै जिल्लाबाट यहाँ माहुरी चराउनका लागि किसानहरुले सबै घार माहुरी उठाएर ल्याउने गर्दछन्।

तर, पछिल्लो समयमा जिल्लास्थित माहुरी पालक व्यवसायी संघले भने अन्यत्र जिल्लाका माहुरी किसानले यहाँ चरनका लागि ल्याउँदा आफूहरुसँग समन्वय नगरेको आरोप लगाएका छन् । ‘जर्वजस्ती गरिए भारतीय सरह व्यवहार हुने’ आसयको पत्र दाङ जिल्ला माहुरी पालक संघले केन्द्रको महासंघलाई पठाएको थियो। त्यसमा अन्यत्र जिल्लाका माहुरीहरु यहाँ चराउन नदिने चेतावनी दिइएको थियो।

तर, केही दिनअघि चितवनबाट दाङको रामपुर क्षेत्रमा चराउन ल्याइएका माहुरीहरु एकाएक मारिएपछि माहुरी किसानहरु आतंकित भएका छन्। पीडितहरुले जिल्लामा माहुरी चराउन ल्याएकै कारण रिसिइबीले गर्दा माहुरी मारिएको आरोप पनि लगाएका छन्। चितवन भरतपुरका किसान विष्णुप्रसाद भुसालका ५९ र चितवन भरतपुर १रामनगरका डा.खेमराज न्यौपानेका १६ घार माहुरी शुक्रबार मारिएका हुन्। घारका माहुरी पूरै रित्तिएका छन् ।

मरेका ती माहुरीहरुलाई शुक्रबार नै जिल्ला कृषि कार्यालय, प्रशासन तथा जिल्ला प्रहरी कार्यालयको रोहबरमा जलाइएको छ। ‘घारमै बिष छर्किएको जस्तो देखिन्छ’ पीडित माहुरी किसान भुसाल भन्छन् ‘नत्र यसरी घारका सबै माहुरी एकै पटक मरेको कुनै कारण आजसम्मै छैन ।’ उनका अनुसार यहाँका माहुरी किसानहरुले पहिला पनि माहुरी नल्याउन चेतावनी दिएका थिए। ‘हामीले सिन्डीकुट तोड्न खोज्यौँ तर, त्यसको प्रतिफल अहिले लाखौंको क्षति ब्यहोर्नुपरेको छ’ उनले भने।

माहुरीकै विषयमा पिएचडी सकेका प्रध्यापक खेमराज न्यौपानेका अनुसार पनि यसरी घार नै सखाप हुने गरे माहुरी मर्नुको एउटामात्रै कारण हुन्छ, घारभित्रै माहुरी निसास्सिनु । तर, उनका अनुसार यहाँ राखिएका कुनै पनि घार निसास्सिने खालका छैनन् । ‘यो विरलै हुने घटना हो, यहाँ त सिधै विष छर्केर मारिएको छ’ उनले भने ‘घारमा एउटा पनि माहुरी नबाँच्नेगरी स्वाहा हुनु भनेको विषादी नै हो, अर्काे कारण हुनैसक्दैन ।’ उनी चितवन रामपुरस्थित कृषि क्याम्पसका प्राध्यापक पनि हुन् ।

जिल्ला कृषि कार्यालयले मरेका महुरीको ल्याव टेस्टका लागि कृषि अनुसन्धान केन्द्रमा स्याम्पल पठाइसकेको छ । माहुरीका घारमा कसले र किन विषदी हाल्यो ? भन्ने कुराको एकीन भएको छैन । तर, पीडित किसानहरुका अनुसार जिल्लामा चलेको सिन्डिकेटका कारण यस्तो क्षति भएको दाबी गर्छन् । ‘बाहिरका माहुरी यहाँ चराउन नपाइने चेतावनी दिएको पटकपटक सुनेका थियौँ तर, हामीले स्थानीयसँग समन्वय र सहकार्य गरेरै ल्याएका हौँ’ डा. न्यौपाने भन्छन् ‘हामीलाई धम्क्याउन र त्रास दिनका लागि यहाँकै किसानहरुको मिलोमतोमा यस्तो हुनसक्छ ।’
अन्नपूर्णपोष्टबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज : नेप्से बढ्यो कि घट्यो ?
    बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान
    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान
    • कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.