काठमाडौं। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना भईरहेको फिफा विश्वकप २०२६ लाई इतिहासकै सबैभन्दा भव्य प्रतियोगिता मध्ये एकको रूपमा हेरिएको छ।
तर, प्रतियोगिताको टिकट र आतिथ्य प्याकेजको मूल्यले विश्वभरका फुटबल प्रशंसकहरूलाई स्तब्ध बनाएको छ। धेरै खेलहरूको लागि विलासी सुविधाहरूको लागत लाखौं रुपैयाँ पुगेको छ। हाल २०२६ को विश्वकप यसको महँगो प्रकृतिको कारणले हेडलाइन बनिरहेको छ।
यदि फ्यानहरूले यो ऐतिहासिक प्रतियोगिता विलासी वातावरणमा हेरिरहेका छन भने उनीहरूले धेरै नै रकम खर्च गरिरहेका छन, तैपनी विश्वकपका स्टेडियमहरू भरिभराउ भएका छन । विश्वकप सेमिफाइनल खेलको लागि निजी सुइटको मूल्य ३ लाख १७ हजार १०० अमेरिकी डलरमा बुकिङ र बिक्री भईरहेको छन् । यो लक्जरी सुइटले शानदार र रोमाञ्चक दृश्य अनुभव प्रदान गर्ने भए पनि यो सम्भवतः धनी फ्यानहरूको बजेटको लागि मात्र उपयुक्त छ।
यसका साथै, रंगशालासँग सम्बन्धित केही अन्य खर्चहरू पनि आकाशिँदै गइरहेका छन्। रिपोर्टहरूका अनुसार सोफी रंगशालामा पार्किङको लागि मात्र दर्शकले लगभग ३०० अमेरिकी डलर तिरेका छन् । नेपाली रुपैयाँमा फ्यानहरूले पार्किङको लागि ४६ हजार रुपैयाँसम्म तिरेर दर्शक स्टेडियममा पुगिरहेका छन । एकजना अमेरिकी दर्शक जोन ज्याक्सनले भने, ४ बर्ष पछि विश्वकप हो, यति तिरेर पनि दुःख छैन् किनकी मेरो देशले जितेको छ, अब मेरो देशले ट्रफी उचालेको हेर्न चाहान्छु, त्यसका लागि म जति पनि खर्च गर्न तयार छु ।
रंगशाला भित्र उपलब्ध खाजा र स्यान्डविचको मूल्य पनि आकासिएको छ, तुलनात्मक रूपमा बाहिर भन्दा स्टेडियम भित्र तेब्बर, चौब्बर मंहगो छ । रिपोर्टका अनुसार रंगशालामा एक क्यान बियरको मूल्य १८.९९ अमेरिकी डलर अर्थात लगभग २८०० रुपैयाँ तिरिरहेका छन् ।
फिफा विश्वकपको समयमा फ्यानहरूले पानीको बोतल पनि खर्च गर्नुपर्ने हुन सक्छ। रिपोर्टहरूका अनुसार पानीको बोतल ५.९९ अमेरिकी डलर वा लगभग ९५० रुपैयाँमा किन्न बाध्य भएका छन् । पानी त खानै परयो, प्याँस लागे पछि किन्नै परयो, जे होस, भाउ अचाक्ली छु अल्ब्रेन निक्सन भन्छन् । उनका अनुसार विश्वकप गरिब र निम्न आम्दानी भएकाहरूका लागि होइन, यो त धनी बर्गका लागि मात्रै हो । उनका अनुसार रंगशाला जानु भन्दा घरमा टिभी हेरेर बस्नुको मज्जा बढी नै हुन्छ सस्तो पनि, रि टेक गरिएको दृश्य पनि देख्न पाइने ।
उनी अगाडी भन्छन, ुबरू यहाँ एक्लै बस्नु भन्दा सो भन्दा कम खर्चमा नै घरमा बियर खाँदै परिवारसँग विश्वकप हेर्नुको मज्जा बेग्लै हुनेछ। यदी, दर्शकहरू यो फिफा विश्वकप खेल पूर्ण रूपमा विलासी रूपमा हेर्न चाहन्छन् भने, उनीहरूले आफ्नो वालेट निकाल्नु पर्ने हुन सक्छ।


