फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत
काठमाडौं। इजिप्टले उत्कृष्ट कमब्याक गर्दै न्युजिल्यान्डमाथि ३-१ को शानदार जित दर्ता गरेको छ । फिफा विश्वकपमा सामेल भएको ९२ बर्ष पछि इजिप्टले उत्कृष्ट कमब्याक गर्दै न्युजिल्यान्डमाथि ३-१ को शानदार जित दर्ता गरेको हो । क्यानाडाको भ्यानकुभरस्थित बिसि प्लेस रंगशालामा भएको खेलको पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जीत हासिल गरेको हो ।
खासमा यो जीत इजिप्टका लागि एेतिहासिक यसकारण पनि थियो कि ९२ वर्ष र ९ वटा विश्वकप खेलको लामो संघर्ष पछि इजिप्टले पहिलो ऐतिहासिक जित दर्ता गरेको हो । इजिप्टले सन् १९३४ मा पहिलो विश्वकप खेलेको थियो । न्युजिल्यान्डका लागि फिन सुरम्यानले शक्तिशाली हेडरमार्फत गोल गर्दै पहिलो हाफको १५ मिनेटमै टोलीलाई १-० को अग्रता दिलाए पछि इजिप्ट पहिलो हाफसम्म गोलरहित अवस्थामा थियो ।
इजिप्टका लागि पहिलो गोल मोस्ताफा जिकोले गरेर खेललाई ५४ औं मिनेटमा १-१ को बराबरीमा फर्काए, बराबरी गोलपछि उच्च मनोबलका साथ न्युजिल्यान्डमाथि लगातार दबाब बनाएको इजिप्टका लागि टोलीका स्टार खेलाडी मोहम्मद सलाहले त्यसको १० मिनेट पछि अर्थात ६८ औं मिनेटमा थप गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाउन सफल भए ।
इजिप्टको आक्रामक लय यत्तिकैमा रोकिएन । खेलको ८२औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका ट्रेजेगेटले गोल गर्दै इजिप्टको ३-१ को अग्रता कायम भयो । त्यसपछि दुवैतर्फवाट गोल हुन सकेन । ऐतिहासिक जितसँगै समूह ‘जी’ मा इजिप्ट तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने नकआउट चरण ९अन्तिम ३२० मा पुग्ने उसको सम्भावना निकै बलियो बनेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
