महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले महाराजगञ्जमा नयाँ स्टेट अफ आर्ट शोरुम उद्घाटन गरेर काठमाडौंमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको जनाएको छ । एमएडब्लुले एपोलो मोटर्सलाई आफ्नो नयाँ डिलरका रुपमा नियुक्त गर्दै नेपाली उपभोक्तामाझ सहज ढंगले विश्वस्तरीय ईभी पुर्याउने उद्देश्यमा महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।
दिपलको नयाँ शोरुमको उद्घाटन दिपलका ब्रान्ड एम्बेसडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवाली र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा गरे ।
‘नेपाली ईभी बजार एउटा रोमाञ्चक मोडमा आइपुगेको छ, र दिपलले यो रुपान्तरणको नेतृत्व गरिरहेको छ,’ उद्घाटन कार्यक्रममा बोल्दै एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भने, ‘दिपलमा एउटा लिगेसी ब्रान्ड बन्ने सबै सम्भावनाहरु छन् र एमएडब्लु यो ब्रान्डलाई दशकौंसम्म टिक्ने लिगेसी ब्रान्डका रुपमा स्थापित गर्न प्रतिबद्ध छ ।’ उनले दिपलको मागलाई पूरा गर्न विभिन्न सहरमा शोरुम र सर्भिस सेन्टर विस्तार गर्ने एमएडब्लुको उद्देश्यबारे पनि जानकारी गराए ।

उद्घाटन समारोहमा फ्युचरिस्टिक आयाम थप्दै अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट डगलाई प्रदर्शनीमा राखिएको थियो जसले उपस्थित अतिथिलाई कृत्रिम बौद्धिकता र स्वचालनमा चांगानको दूरदर्शी दृष्टिकोणको प्रत्यक्ष अनुभव दिलाएको कम्पनीले बताएको छ ।
कार्यक्रममा एपोलो मोटर्सका निर्देशक सुयाश ज्ञवालीले दिपलको काठमाडौंको अधिकृत डिलर बन्न पाउँदा हर्षित भएको बताए । ‘यो एउटा कार शोरुममात्र होइन यो दिपलका आकांक्षित ईभी मोडलहरुको वास्तविक अनुभव गर्ने एउटा गन्तव्य पनि हो,’ उनले भने ।
उद्घाटनकै दिन २० जना ग्राहकलाई दिपल ईभी डेलिभरी गरिएको थियो । कार्यक्रमका दिपलका ब्रान्ड एम्बेसडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवालीले नयाँ ग्राहकलाई चाबी हस्तान्तरण गरेका थिए ।
सम्बन्धित समाचार
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

