फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार
काठमाडौं । फोटोन मोटर्स नेपालले सोमबार बुटवलमा आफ्नो नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको छ। यो विस्तारसँगै कम्पनीले नेपालभरी आफ्नो पहुँच विस्तार गर्ने र देशको पश्चिमी भेगका ग्राहकसमक्ष आफ्ना उत्पादन तथा सेवाहरू अझ नजिकै पुर्याउने प्रयासलाई थप मजबुत बनाएको जनाएको छ।
व्यापारिक एवम् यातायातको प्रमुख केन्द्रका रूपमा रहेको बुटवलमा सञ्चालनमा आएको नयाँ शोरुमले रुपन्देही, पाल्पा, नवलपरासी तथा त्यस आसपासका जिल्लाका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको बताइएको छ। कम्पनिका अनुसार, यसले उक्त क्षेत्रका सवारीधनी तथा सम्भावित खरिदकर्ताका लागि फोटोनका सेवा र सवारीसाधनहरूमा पहुँच अझ सहज बनाउने विश्वास गरिएको छ।
सोमबार आयोजित औपचारिक उद्घाटन समारोहमा एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बराल र फोटन नेपालका कन्ट्री म्यानेजर साइरस ले संयुक्त रूपमा रिबन काटेर शोरुमको उद्घाटन गरे।
बुटवलको मणिग्राममा स्थापना गरिएको नयाँ शोरुम पूर्ण थ्रिएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधासहित सञ्चालनमा आएको बताइएको छ । एउटै स्थानबाट सवारी बिक्री, आफ्टर सेल्स सर्भिस तथा जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराइने भएकाले ग्राहकले टाढाका अन्य शहर धाउनुपर्ने झन्झटबाट राहत पाउनेछन्।

यसरी ग्राहकलाई सहज, भरपर्दो र निरन्तर सेवा अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको जनाइएको छ। यस सुविधाले फोटोनका ग्राहकलाई केवल गाडी किन्ने समयमा मात्र होइन, त्यसको सम्पूर्ण उपयोग अवधिभर साथ र सेवा उपलब्ध गराउने भरपर्दो सेवा सञ्जाल निर्माण गर्ने फोटोनको प्रतिबद्धता झल्काएको कम्पनिले बताएको छ।
कार्यक्रममा बोल्दै एमएडब्लु वृद्धी कमर्सियल भेहिकल्स प्रा।लि।का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले बुटवल शोरुम केवल व्यापार विस्तार मात्र नभई नेपालभरीका कम्युनिटीमा कम्पनीले गरेको दीर्घकालीन लगानीको प्रतीक भएको बताए। उनले प्रत्येक टचपोइन्टमा गुणस्तर र विश्वासलाई प्राथमिकता दिने कम्पनीको प्रतिबद्धता दोहोर्याए।
बुटवल शोरुमको उद्घाटन कार्यक्रमको सफलतासँगै फोटोन मोटर्स नेपालले आफ्ना ग्राहक जहाँ छन्, त्यहीँ पुगेर उनीहरूको आवश्यकता सुन्ने र देशभरीको सेवा तथा विश्वसनीयताको स्तरलाई निरन्तर उकास्दै लैजाने प्रतिबद्धता पुनः व्यक्त गरेको जनाएको छ।
एमएडब्लु वृद्धी कमर्सियल नेपालमा व्यावसायिक सवारीसाधन आपूर्ति गर्ने कम्पनी हो, जसले उत्कृष्ट मोबिलिटी सोलुसनहरू विकास गर्ने र उपलब्ध गराउने लक्ष्य राखेको राख्नुका साथै कम्पनी फोटोन भेहिकल्सको आधिकारिक वितरक हो र विश्वसनीयता, कार्यक्षमता तथा ग्राहक सन्तुष्टिलाई आफ्नो मुख्य प्राथमिकता मान्दै आएको बताइएको छ। देशभरी विस्तार हुँदै गएको शोरुम तथा सेवा केन्द्रहरूको सञ्जालमार्फत कम्पनीले व्यवसायिक क्षेत्रलाई उच्च गुणस्तरका सवारीसाधन र अन्तर्राष्ट्रिय स्तरको आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको कम्पनिको विश्वास छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
