Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, असार, १८
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

काठमाडौं । बाराको महागढीमाई नगरपालिका–९ पिपरा बिर्तामा चट्याङ लाग्दा १२ वर्षीया बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।

बुधबार साँझ करिब ५ बजे खेतबाट घर फर्किरहेका बेला अचानक चट्याङ पर्दा कपिलदेव साहकी १२ वर्षीया छोरी सन्जना कुमारी दासको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही घटनामा मन्टु दासकी श्रीमती ३० वर्षीया सरिता देवी दास घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। सामान्य उपचारपछि उनी डिस्चार्ज भएर घर फर्किएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट इन्स्पेक्टर बिमल खतीवडाको नेतृत्वमा प्राविधिक सोको सहितको टोली तथा प्रहरी चौकी तेलकुवाबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स