इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
काठमाडौं । सुपर सब गोन्कालो रामोसले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। टोरन्टोमा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५३औं मिनेटमा इभान पेरिसिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।
गोल खाएपछि आक्रामक बनेको पोर्चुगलले ५८औं मिनेटमा बराबरी गर्ने सुनौलो अवसर पाए पनि राफेल लिआओको प्रहार बारमा लागेर फर्किएको थियो। त्यसपछि ६८औं मिनेटमा भिएआरको सहयोगमा पेनाल्टी पाएपछि कप्तान क्रिस्टियानो रोनाल्डोले सहज गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। क्रोएसियाका निकोला भ्लासिचले रिकार्डो भेइगाको जर्सी तानेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।
यो गोलसँगै रोनाल्डोले यस विश्वकपमा आफ्नो गोल संख्या तीन पुर्याएका छन्। यसअघि उनले समूह चरणमा उज्वेकिस्तानविरुद्ध दुई गोल गरेका थिए। विश्वकप इतिहासमा भने यो उनको ११औं गोल हो। साथै, विश्वकपको नकआउट चरणमा रोनाल्डोले गरेको यो पहिलो गोल पनि हो।
बराबरीपछि पनि पोर्चुगलले लगातार दबाब कायम राख्यो। त्यसको प्रतिफलस्वरूप दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोन्कालो रामोसले हेडमार्फत निर्णायक गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। त्यसपछि क्रोएसियाले इन्जुरी टाइममै बराबरी गोल गरे पनि भिएआर परीक्षणपछि उक्त गोलले मान्यता पाएन। त्यससँगै पोर्चुगल विजयी हुँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो।
अब पोर्चुगलले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा छिमेकी स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
