• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ असार २०८३, बुधबार
२४ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
  • ६ घण्टा 

मेची राजमार्ग अवरुद्ध : यात्रु र बिरामी बीच बाटोमै अलपत्र
  • ६ घण्टा 

मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ
  • ७ घण्टा 

सुनको मूल्य प्रतितोला दुई हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

ट्राफिक जरिवानावाट एकैदिन दुई हजार ६६ सवारीचालक कारबाहीमा, १८ लाख ६० हजार राजश्व संकलन
  • ९ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा 

मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
  • ११ घण्टा 

२०८३ असार २५ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. टेलिटकद्वारा पोको एम ८ सिरिजका दुई स्मार्टफोन सार्वजनिक

  • २. मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

  • ३. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • ४. महालक्ष्मी विकास बैंकद्धारा ५ जना विद्यार्थीहरुलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण

  • ५. सुनको मूल्य प्रतितोला दुई हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ६. कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड

  • ७. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • ८. फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

  • ९. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

  • १०. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

जानकारी केन्द्र २०८३, असार, १९

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई ‘यामाहा डे’ का रूपमा मनाउँदै आएको छ। कम्पनीका अनुसार यो दिन यामाहाको इन्जिनियरिङ उत्कृष्टता, मोटरस्पोर्ट्समा गरेको योगदान र गतिशीलताको यात्रालाई सम्मान गर्ने गरिन्छ। यस वर्षको आफ्नो ७१ औँ वार्षिकोत्सवका अवसरमा यामाहा नेपालले नेपालका सातै प्रदेशमा विविध कार्यक्रम आयोजना गर्दै ग्राहक, कर्मचारी, डिलर तथा आफ्नो फराकिलो समुदायलाई एकै ठाउँमा ल्याएर सात दशकभन्दा लामो विश्वास, प्रदर्शन र नवप्रवर्तनको यात्रालाई स्मरण गरिएको बताइएको छ।

यस उत्सवको सुरुवात देशभर रहेका यामाहा नेपालका शोरुम, डिलरशिप र कम्पनीद्वारा सञ्चालित आउटलेटहरूमा एकैसाथ उद्घाटन तथा केक काट्ने कार्यक्रममार्फत गरिएको जनाइएको छ । यस अवसरमा यामाहा नेपालले कम्पनीमा २० वर्षदेखि निरन्तर सेवा पुर्‍याएका आफ्ना कर्मचारीहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गरेको छ। नेपालभरका १०० भन्दा बढी डिलरहरूले डिजिटल माध्यमबाट कार्यक्रममा सहभागिता जनाएका थिए भने यामाहा मोटर इण्डियाको डिजिटल उपस्थितिले समारोहलाई अझ विशेष बनाएको कम्पनीले बताएको छ।

वार्षिकोत्सवको अवसरमा यामाहाले आफ्ना ग्राहकका लागि विभिन्न छुट तथा विशेष अफरहरू पनि ल्याउनुका साथै देशभरका सेवा केन्द्रहरूमा सबै ग्राहकलाई लेबर चार्जमा २५ प्रतिशत छुट प्रदान गरिएको बताइएको छ। यसै अन्तर्गत ‘७ प्रदेश, ७ ग्राहक’ अभियान सञ्चालन गरी प्रत्येक प्रदेशबाट एक-एक जना भाग्यशाली ग्राहकलाई सर्भिस चार्जमा १०० प्रतिशत क्यासब्याक प्रदान गरिएको थियो भने जुलाई १ मा मोटरसाइकल डेलिभरी लिने ग्राहकलाई धन्यवादस्वरूप विशेष वार्षिकोत्सव चकलेट पनि प्रदान गरिएको जनाइएको छ।

सामाजिक सेवाको भावना अनुरूप यामाहाले देशका विभिन्न स्थानहरू सुदूरपश्चिमको धनगढी, गण्डकीको पोखरा, बागमतीको नक्साल र गट्ठाघर,नारायणीको भरतपुर, जनकपुरको बर्दिबास तथा कोशीको इटहरीमा रक्तदान कार्यक्रम मा रक्तदान कार्यक्रम आयोजना सम्पन्न गर्नुका साथै नेपालका प्रमुख शहरस्थित ७ शोरुममार्फत सञ्चालन गरिएको यस अभियानबाट करिब ३५० युनिट रगत संकलन गरिएको कम्पनीले बताएको छ । यसैगरी, विराटनगरस्थित आफ्नो प्लान्टमा यामाहा नेपालले वृक्षारोपण कार्यक्रम पनि आयोजना गरेको थियो।

यामाहा पर्साले पनि ‘यामाहा डे’ को सामाजिक उत्तरदायित्व ( सीएसआर ) कार्यक्रमलाई भव्य रूपमा मनाएको छ। यस अवसरमा यामाहा पर्साले खैरहनीस्थित श्री धर्मेश्वर आधारभूत विद्यालयमा नर्सरीदेखि कक्षा ७ सम्म अध्ययनरत ७ जना विपन्न बालबालिकाको शैक्षिक जिम्मेवारी आधिकारिक रूपमा लिँदै उनीहरूको कक्षा १२ सम्मको अध्ययन खर्च व्यहोर्ने तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसैगरी, १६ वर्षदेखि ४० वर्षसम्म निरन्तर यामाहा सवारीसाधन प्रयोग गर्दै आएका ६ जना पुराना ग्राहकलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको बताइएको छ। त्यस्तै,यामाहा मोटरसाइकलमा १ लाखदेखि २ लाख किलोमिटरसम्मको लामो यात्रा तय गरेका ५ जना राइडरहरूलाई पनि कार्यक्रममा सम्मान गरिनुका साथै यस अवसरमा पूर्वी चितवनमा प्रि-ओन्ड ( सेकेन्ड ह्यान्ड ) सवारी व्यवसायको सुरुवात गर्ने एक जना उद्यमी तथा विगत ३२ वर्षदेखि निरन्तर रूपमा यस व्यवसायमा सक्रिय तीन जना मेकानिकहरूलाई पनि उनीहरूको अथक योगदानको कदर गर्दै सम्मान गरिएको जनाइएको छ।

यस अवसरमा एमएडब्लू राइड्स प्रा.लि.का प्रबन्ध निर्देशक तथा अध्यक्ष विष्णु अग्रवालले भने, “आजको दिनमा यामाहा नेपालभरका ४०० परिवारको रोजगारीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएको छ, र यो हाम्रो लागि गौरव सहितको जिम्मेवारी हो। ७१ वर्षको यात्रामा हाम्रा डिलरहरूले हरेक मोड र परिस्थितिमा हामीलाई साथ दिनुभएको छ। यसका लागि हामी उहाँहरूप्रति आभारी छौँ। ट्राफिक सचेतना अभियानदेखि परोपकारी कार्य, रक्तदानदेखि वृक्षारोपणसम्म, आज हामीले गरेका हरेक काममा यामाहाको मूल भावना झल्किएको छ। यामाहा भनेको समुदायसँगै अघि बढ्ने ब्रान्ड हो।”

कम्पनीका अनुसार यस प्रतिबद्धतालाई व्यवहारमा उतार्दै यामाहा नेपालले काठमाडौंको व्यस्त ट्राफिक समयमा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउन काठमाडौँ प्रहरीसँग सहकार्य गर्दै सडक सुरक्षा सचेतना फैलाउनुका साथै कम्पनीको लेगेसी राइडिङ कम्युनिटी ब्लू स्ट्रिक्सले काठमाडौंको बूढानीलकण्ठस्थित माउन्टेन चिल्ड्रेन्स होम बालगृहमा परोपकारी राइडको आयोजना गरिएको थियो।

७१ वर्षको ऐतिहासिक यात्राको अवसरमा यामाहाका नेपालस्थित ब्रान्ड एम्बेसडर अनुप बिक्रम शाहीले पनि यामाहा परिवारलाई शुभकामना व्यक्त गर्दै ब्रान्ड र राइडरबीचको सम्बन्धलाई थप सुदृढ बनाएका थिए। यसै अवसरमा ग्लोबल चेयरम्यान सिटारा सान तथा जापानका प्रतिनिधिहरूले पनि यामाहा नेपालको ७१ वर्षको उपलब्धिमा शुभकामना व्यक्त गर्दै यामाहाले निर्माण गरेको दीर्घकालीन विरासतको स्मरण गरेका थिए।

  • ७१ औं वार्षिकोत्सव
  • यामाहा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
मेची राजमार्ग अवरुद्ध : यात्रु र बिरामी बीच बाटोमै अलपत्र
मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

ताजा

टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

मेची राजमार्ग अवरुद्ध : यात्रु र बिरामी बीच बाटोमै अलपत्र

मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

सुनको मूल्य प्रतितोला दुई हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.