चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
काठमाडौं । चेरीले नेपालमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय अर्बन क्रसओभर ‘चेरी क्यू’ सार्वजनिक गर्ने तयारी गरेको छ। आधुनिक शहरी जीवनशैलीलाई मध्यनजर गर्दै डिजाइन गरिएको चेरी क्यू आगामी साउनमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा सार्वजनिक गरिनेछ।
कम्पनीका अनुसार, उन्नत विद्युतीय प्लेटफर्ममा आधारित चेरी क्यूले आकर्षक डिजाइनसँगै फराकिलो तथा व्यावहारिक इन्टेरियर प्रदान गर्नुका साथै यसमा ३७५ लिटरको बुट स्पेस उपलब्ध छ, जसलाई पछाडिका सिट फोल्ड गर्दा १,४५० लिटरसम्म विस्तार गर्न सकिन्छ।
चेरी क्यूमा ९० किलोवाटको परमनेन्ट म्याग्नेट इलेक्ट्रिक मोटर तथा ४१.२ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको कम्पनीले जनाएको छ। रियर–ह्विल ड्राइभ प्रणालीसहित उपलब्ध यस गाडीले एनईडीसी मापदण्डअनुसार करिब ४०० किलोमिटरसम्म यात्रा गर्न सक्ने अपेक्षा गरिएको बताइएको छ।
अत्याधुनिक प्रविधि, व्यावहारिक उपयोगिता तथा उत्कृष्ट विद्युतीय कार्यसम्पादनको संयोजनले चेरी क्यूलाई नेपाली बजारमा बहुप्रतीक्षित विद्युतीय सवारीसाधनका रूपमा स्थापित गर्ने विश्वास गरिएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार, चार्जिङ सुविधाका हिसाबले पनि चेरी क्यू अत्यन्तै प्रभावकारी रहनुका साथै यसमा ८५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ, जसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र १६ मिनेटमा चार्ज गर्न सक्षम बनाउँछ भने भेइकल–टु–लोड (भीटुएल) सुविधामार्फत बाह्य विद्युतीय उपकरणहरू सञ्चालन गर्न पनि सकिन्छ।
चेरी क्यू ३ भेरिएन्ट, ५ वटा आकर्षक बाहिरी रङ तथा २ वटा प्रिमियम इन्टेरियर कलर थिममा उपलब्ध हुनेछ। नेपालको बढ्दो विद्युतीय सवारी बजारलाई लक्षित गर्दै डिजाइन गरिएको यस गाडीले आधुनिक प्रविधि, सहज प्रयोग र उत्कृष्ट कार्यसम्पादनको संयोजनमार्फत शहरी विद्युतीय गतिशीलतामा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको कम्पनीले बताएको छ।
चेरी क्यूको आधिकारिक सार्वजनिक प्रदर्शन तथा मूल्य घोषणा आगामी ११ देखि १६ अगस्ट २०२६ अर्थात २०८३ साउन २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा गरिने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
