पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश
काठमाडौं । फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। आज राती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई १–० गोलले हराउँदै स्पेन क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
खेल सकिनै लाग्दा इन्जुरी समयमा स्पेनका मिकेल मेरिनोले ९० प्लस १ मिनेटमा गरेको गोल नै अन्ततः पोर्चुगलको पराजयका लागि निर्णायक बन्यो।
पोर्चुगल र स्पेनबीच हालसम्म कुल ४२ अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्। तीमध्ये स्पेनले १९ र पोर्चुगलले ७ खेल जितेका छन् भने १६ खेल बराबरीमा टुंगिएका छन्।
फिफा विश्वकपमा यी दुई टोली तेस्रो पटक आमने सामने भएका हुन । यसअघि सन् २०१८ को विश्वकपमा उनीहरूबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो भने सन् २०१० को विश्वकपमा स्पेन १–० ले विजयी भएको थियो र अहिले फेरी १५ बर्ष पछि स्पेनले पोर्चुगल माथी बिजय हासिल गरेको हो ।
सन २०१० फिफा विश्वकप बिजेता टोली स्पेनले अब अमेरिका र बेल्जियम बिच हुने खेलको बिजेतासँग सेमी फाइनलका लागि खेल्नेछ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
