माइक्रोसफ्टद्वारा ४८ सय कर्मचारी कटौती, टेक जगतमा हलचल
काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अचानक आफ्ना धेरै कर्मचारीहरूलाई कामबाट हटाउने निर्णय गर्दा प्रविधि जगत स्तब्ध बनेको छ। यस समाचारले प्रविधि क्षेत्रलाई मात्र नभई त्यहाँ काम गर्ने आकांक्षा राख्ने युवाहरूलाई समेत चकित पारेको छ। हालैका समाचार अनुसार माइक्रोसफ्टले करिब ४ हजार ८०० कर्मचारीहरूलाई हटाउने निर्णय गरेको छ । कम्पनीका मानव संसाधन प्रमुखले यस निर्णयको कारणबारे व्यक्तिगत रूपमा स्पष्ट पारेका छन्।
वास्तवमा प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले हालै आफ्नो कुल जनशक्तिको करिब २.१ प्रतिशत कर्मचारीलाई कटौती गरेको छ, जसबाट करिब ४ हजार ८०० कर्मचारीहरू प्रभावित भएका छन्। कम्पनीले यस्तो निर्णय त्यस्तो समयमा गरेको हो, जब उसले आर्टिफिसियल इन्टेलिजेन्समा ठूलो लगानी गरिरहेको छ र खर्च कटौतीको प्रयास गरिरहेको छ।
कम्पनीकी मानव संसाधनप्रमुख एमी कोलम्यानले व्यक्तिगत रूपमा यो खबर सार्वजनिक गरेकी हुन्। उनले कर्मचारीहरूलाई एक विज्ञप्तिमार्फत कटौतीबारे जानकारी दिँदै यो निर्णय केवल खर्च कटौतीसँग मात्र सम्बन्धित नभई कम्पनीको सञ्चालन शैलीमा आएको ठूलो परिवर्तनको एक हिस्सासमेत भएको दावी गरेकी छिन्।
एमी कोलम्यानले एउटा मेमोमा लेखिन, ‘आज हामी हाम्रो विश्वव्यापी जनशक्तिको करिब २।१ प्रतिशतअर्थात् करिब ४ हजार ८०० पदहरू कटौती गर्दैछौं। हाम्रो उद्देश्य हाम्रा कर्मचारी, लगानी र स्रोतसाधनलाई ती प्राथमिकताहरूसँग जोड्नु हो, जसले तीव्र गतिमा परिवर्तन भइरहेको प्रविधि क्षेत्रमा माइक्रोसफ्टलाई आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर सक्षम बनाउँछ।’
यस वर्ष माइक्रोसफ्टको सेयरमा पनि उल्लेख्य गिरावट आएको छ। सन् २०२६ को पहिलो ६ महिनामा कम्पनीको सेयर करिब २३ प्रतिशतले घट्यो, जुन सन् २०२२ यताकै खराब प्रदर्शन हो। यसअघि कम्पनीले अमेरिकामा आफ्ना करिब ९ हजार कर्मचारीहरूलाई स्वेच्छिक बहिर्गमनको प्रस्ताव पनि गरेको थियो।
यो उल्लेखनीय छ कि यस वर्ष माइक्रोसफ्ट मात्र नभई अमेजन र मेटाजस्ता प्रमुख प्रविधि कम्पनीहरूले पनि हजारौं कर्मचारीहरूलाई कामबाट निकालेका छन्। एआईमा बढ्दो खर्चले कम्पनीहरू माथि आफ्नो नाफा बढाउने दबाब बढाएको छ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

